‘ट्विटर’मा निलो चरा फर्किँदै
काठमाडौँ। ट्विटरको चर्चित ‘निलो चरा’ पुनः देखिएको छ। तर यो एलन मस्कको ‘एक्स’मा ट्विटर नाम फर्काइएको भने होइन। पूर्वट्विटर कर्मचारीसँग सम्बन्धित नयाँ पहलमार्फत ‘ट्विटर’को पुरानो पहिचान पुनः चर्चामा आएको हो।
अमेरिकाको भर्जिनियामा आधारित ‘अपरेसन ब्लुबर्ड’ नामक स्टार्टअपमार्फत सामाजिक सञ्जालको दुनियाँमा ‘ट्विटर’ नामको पुनरागमन भएको छ। यो स्टार्टअप ट्विटरका पूर्व जनरल काउन्सिल अर्थात् कानुनी सल्लाहकार स्टिफन कोट्सद्वारा सञ्चालित छ र यसले ‘ट्विटर नाउ’ नामक नयाँ प्लेटफर्म सार्वजनिक गरेको छ।
यो सुरुवात एलन मस्कको ‘एक्स कर्प’सँगको कानुनी विवादबीच भएको हो। ट्विटरसँग सम्बन्धित बौद्धिक सम्पत्तिको प्रयोग रोक्नका लागि एक्स कर्पले डेलावेयरको संघीय अदालतमा ‘अपरेसन ब्लुबर्ड’ विरुद्ध मुद्दा दायर गरेको थियो। आर्स टेक्निका को रिपोर्टअनुसार, यो विवाद ‘ट्विटर’ नाम, ‘ट्विट’ शब्द र प्रसिद्ध निलो चराको लोगोमा केन्द्रित छ।
‘अपरेसन ब्लुबर्ड’ को दाबी छ कि सन् २०२२ मा मस्कले ट्विटर अधिग्रहण गरी त्यस सेवालाई ‘एक्स’ को रूपमा पुनः ब्रान्ड गर्दा ‘एक्स कर्प’ ले उक्त ट्रेडमार्क र त्यससँग सम्बन्धित बौद्धिक सम्पत्ति अधिकारहरू त्यागेको थियो। अपरेसन ब्लुबर्डले स्पष्ट रूपमा भनेको छ कि एक्स कर्पले उक्त नाम त्यागेपछि उनीहरूले त्यसलाई अपनाएका हुन् र हाल ‘ट्विटर नाउ’ को रूपमा पुनः सञ्चालनमा ल्याएका हुन्।
उनीहरू दाबी गर्छन्, “हामी एक्स होइनौँ, न त हामी एक्स कर्पसँग आबद्ध छौँ।” यद्यपि, यो विषय हाल अदालतमा विचाराधीन छ।
‘अपरेसन ब्लुबर्ड’ अन्तर्गत ‘ट्विटर नाउ’ लाई परम्परागत ट्विटरजस्तै देखिने गरी तयार पारिएको छस जसमा ‘रिप्लाई’ र ‘रिट्विट’जस्ता परिचित सुविधाहरू समावेश छन्। यस नयाँ सेवामा ‘भेरा’ नामक स्वचालित तथा वास्तविक समयमा तथ्य जाँच गर्ने प्रणाली पनि समावेश छ।
कम्पनीका अनुसार यसको उद्देश्य अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै गलत सूचनाको प्रसारलाई रोक्नु हो। हालका लागि यसको पहुँच सीमित व्यक्तिहरूमा मात्र राखिएको छ भने ट्रेडमार्कसम्बन्धी विवाद समाधान भएपछि यसलाई सर्वसाधारणका लागि खुला गरिनेछ।
सन् २०२२ अप्रिलमा अर्बपति एलन मस्कले ४४ अर्ब डलर ज्ञ को विशाल रकममा ट्विटर खरिद गरेका थिए। त्यसको केही महिनापछि उनले पूरै कम्पनी द्द मा व्यापक फेरबदल गर्दै तत्कालीन सीईओ पराग अग्रवाललगायत लगभग सम्पूर्ण टोलीलाई बाहिर निकालेका घ थिए। पछि जुलाई २०२३ मा यस प्लेटफर्मको नाम परिवर्तन गरेर ‘एक्स’ राखिएको थियो।
सम्बन्धित समाचार
भोटेकोशीमा बाढीको जोखिम तत्काल नरहेको पूर्वानुमान महाशाखाको निष्कर्ष
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
यमराजको पूजा र विविध झाँकीसहित आज गाईजात्रा मनाइँदै
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल


