नुवाकोट–रसुवाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह
काठमाडौं। वर्षासँगै देशका विभिन्न जिल्लामा आज (भदौ १५) आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। केही साना तथा ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले जलतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

विशेष गरी नुवाकोट र रसुवा भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको पूर्वानुमान गरिएको छ। गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि जोखिम कायमै रहेकाले उच्च सतर्कता आवश्यक रहेको महाशाखाले स्पष्ट पारेको छ।
त्यस्तै, उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) सहित ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरका साना नदीहरूमा पनि बहाव बढ्ने र मध्यम जोखिम रहने जनाइएको छ।
यसैबिच सुनकोसी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, महाकाली र कन्काईलगायत ठूला नदीहरूमा पनि पानीको सतह उल्लेख्य बढ्ने अनुमान गरिएको छ। यद्यपि आज बिहानको मापनअनुसार देशका प्रमुख ठूला नदीहरू कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई र राप्तीको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
