नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
काठमाडौँ । नेपालमा यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रा.लि.ले बहुप्रतीक्षित यामाहा एक्सएसआर १५५ लाई १८औँ नाडा अटो शो – गोल्डेन जुब्ली संस्करण २०२६ मा औपचारिक रूपमा अनावरण गरेको छ । “बर्न टु स्ट्यान्ड अपार्ट“ भन्ने अभियान सन्देश र “बिल्ट अन लेगेसी, ड्रिभन बाइ पर्फर्मेन्स“ भन्ने उत्पादन दर्शनका साथ सार्वजनिक गरिएको एक्सएसआर १५५ ले मेलामा दर्शक तथा मोटरसाइकलप्रेमीबाट उत्साहजनक प्रतिक्रिया पाएको जनाइएको छ । कम्पनीका अनुसार छ दिनसम्म चलेको नाडा अटो शो अवधिमा एक्सएसआर १५५ का ४२८ वटा बुकिङ भएका छन् ।

यामाहाले नाडा २०२६ मा ‘बेस्ट स्टल अवार्ड’ समेत जितेको छ । नवीन अवधारणा, आकर्षक प्रस्तुति र आगन्तुकलाई प्रदान गरिएको उत्कृष्ट अनुभवका लागि यामाहाको स्टललाई यो सम्मान प्रदान गरिएको जनाइएको छ । यामाहाको स्टलमा एक्सएसआर १५५ को विशिष्ट रेट्रो–आधुनिक डिजाइनलाई विशेष रूपमा प्रस्तुत गरिनुका साथै क्लासिक टियरड्रप फ्युल ट्याङ्क, गोलाकार एलईडी हेडलाइट, आकर्षक डिजाइन र सडकमा छुट्टै पहिचान बनाउने उपस्थितिले आगन्तुकको ध्यान खिचेको बताइएको छ । हजारौँ मोटरसाइकलप्रेमीले मेलाकै क्रममा एक्सएसआर १५५ लाई नजिकबाट हेर्ने र प्रत्यक्ष अनुभव गर्ने अवसर पाएको कम्पनीले जनाएको छ ।
मोटरसाइकल सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले पुस्तौँदेखि यामाहाले राइडरहरूसँग कायम राख्दै आएको भावनात्मक सम्बन्धबारे चर्चा गर्नुका साथै सो अवसरमा उनले यामाहाको विश्वव्यापी फास्टर सन्स दर्शनबारे पनि जानकारी गराए । उनका अनुसार फास्टर सन्स यामाहाको विगतको गौरव र भविष्यको सम्भावनालाई जोड्ने दर्शन हो । प्रतिष्ठित पुराना मोटरसाइकलहरूबाट प्रेरणा लिँदै आधुनिक पुस्ताका राइडरका आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर नयाँ पुस्ताका मोटरसाइकल विकास गर्नु यसको मूल अवधारणा रहेको बताइएको छ ।

अग्रवाललेका भने “आज हामी एउटा नयाँ मोटरसाइकललाई स्वागत गर्दैछौँ, तर योभन्दा पनि महत्त्वपूर्ण कुरा हामी एउटा विरासतलाई निरन्तरता दिइरहेका छौँ,“ । उनले नेपालका आजका राइडरहरूका लागि मोटरसाइकल केवल आवागमनको साधन मात्र नभई आफ्नो पहिचान, व्यक्तित्व र जीवनशैली अभिव्यक्त गर्ने माध्यम बन्दै गएको बताए । एक्सएसआर १५५ ले नेपालको उत्साही राइडिङ समुदायसँग बलियो भावनात्मक सम्बन्ध स्थापित गर्ने विश्वास पनि उनले व्यक्त गरे ।
एक्सएसआर १५५ प्रति देखिएको उत्साहलाई कार्यक्रममा गरिएको विशेष प्रि–बुकिङले थप पुष्टि गरेको कम्पनीले बताएको छ । प्रि–बुकिङमार्फत प्रारम्भिक खरिदकर्ताले नेपालमा एक्सएसआर १५५ का पहिलो चरणका ग्राहक बन्ने अवसर प्राप्त गरेका थिए । कम्पनीका अनुसार बजारमा मोटरसाइकलको नियमित बिक्री सुरु हुनुअघि नै आफ्नो बुकिङ सुरक्षित गर्न पाउने यो अवसरले एक्सएसआर १५५ प्रति ग्राहकको आकर्षणलाई थप बलियो बनाएको छ ।
आफ्नो विशिष्ट डिजाइन, विरासतबाट प्रेरित शैली र आधुनिक विशेषताका कारण एक्सएसआर १५५ आफ्नो मोटरसाइकलमार्फत आफ्नो व्यक्तित्व र व्यक्तिगत शैली झल्काउन चाहने राइडरका लागि एउटा विशिष्ट रोजाइका रूपमा प्रस्तुत भएको जनाइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
