Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, १७
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो। मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मङ्गलबार सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ५ सय ८० रुपैयाँ कायम भएको छ। मङ्गलबार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

Top Changing Nepal

युट्युब सट्स