Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, २२
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश

काठमाडौँ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५५ बोनस शेयर र १०.८०प्रतिशत नगद लाभांश गरी १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बताइएको छ ।

प्रस्तावित बोनस शेयरको लागि कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा बराबर तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा रकम रहेको छ भने उक्त रकमा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैँकले जनाएको छ ।

त्यसैगरी, बैठकले बैंकको ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८५ का दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश (आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिन) (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको बताइएको छ।

बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा रहेको बैँकको दाबी छ ।

आर्थिक वर्ष २०८२/८३ मा बैंकले हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा शेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले उक्त लाभांश प्रस्ताव गरिएको जनाइएको छ ।

नबिल बैकका अनुसार,उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ भने नबिल बैंकप्रति निरन्तर विश्वास र साथ प्रदान गर्नुहुने सम्पूर्ण शेयरधनी, ग्राहक, नियामक निकाय तथा कर्मचारीहरूप्रति बैंकले हार्दिक आभार व्यक्त गरेको छ।

Top Changing Nepal

युट्युब सट्स