मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
काठमाडौँ । मिड भ्याली इन्टरनेसनल कलेजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ‘डिजिटल ट्रान्फर्मेसन एन्ड इनोभेसनःशेपिङ द फ्युचर अफ बिजनेस,टेक्नोलाजी एन्ड हस्पिटालिटि’ विषयमा आयोजित सम्मेलनमा अनुसन्धान,प्रविधि,कृत्रिम बौद्दिकता,पर्यटन,डिजिटल वित्तीय सेवा र आतिथ्य क्षेत्रको विकासबारे छलफल गरिएको बताइएको छ ।
सम्मेलनमा अनुसन्धानलाई कागजमा मात्र सीमित नराखी त्यसबाट प्राप्त ज्ञान र निष्कर्षलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका जनाइएको छ । कलेजका अध्यक्ष रितिन राणाले अनुसन्धानबाट प्राप्त उपलब्धिलाई आवश्यक क्षेत्रमा प्रयोग गर्न सके त्यसले समाज र देशको विकासमा योगदान पुर्याउने बताए ।

कलेजका रिसर्च हेड डा.पदम ढुंगेलले यस्ता सम्मेलनले अनुसन्धानकर्ताबीच ज्ञान आदानप्रदान गर्ने,नयाँ विचार गर्ने र आगामी अनुसन्धानका लागि आधार तयार गर्ने वातावरण बनाउने बताए । उनले सम्मेलनमा प्रस्तुत अनुसन्धानले भविष्यमा नयाँ ज्ञान,प्रविधि तथा समाधानको विकासमा सहयोग पुग्ने धारणा राखे ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.सतीशकुमार ओझाले प्रविधिको तीव्र विकाससँगै व्यवसाय ,सेवा प्रवाह र मानव जीवनमा आएको परिवर्तनबारे चर्चा गरे । उनले कृत्रिम बौद्धिकतालाई सही ढंगले प्रयोग गर्दै उत्पादकत्व र सेवा सहज बनाउनुपर्नेमा जोड दिए ।

सम्मेलनमा विभिन्न अनुसन्धानकर्ताले व्यवसाय,प्रविधि,पर्यटन,वातावरण,स्वास्थ्य,यातायात ,डिजिटल भुक्तानी,सूचना सुरक्षा,डिजिटल उद्यमशीलतालगायत विषयमा अनुसन्धानपत्र प्रस्तुत गरेका जनाइएको छ । आयोजकका अनुसार सम्मेलनले विद्यार्थी,प्रध्यापक,अनुसन्धानकर्ता तथा प्रविधि र व्यवसाय क्षेत्रका सरोकारवालाबीच नयाँ ज्ञान तथा अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ ।
कलेजले आगामी वर्ष सम्मेलनलाई राष्ट्रिय तहबाट अन्तराष्ट्रिय स्तरमा विस्तार गर्ने तयारीसमेत गरेको जनाएको छ । सम्मेलनमा स्वदेश तथा विदेशका अनुसन्धानकर्ता,विज्ञ तथा प्राज्ञिक क्षेत्रका व्यक्तिलाई सहभागी गराउने योजना रहेको बताइएको छ ।
सम्बन्धित समाचार
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

