२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
मेष राशि-
साझेदारी कामबाट फाइदा हुनेछ। नयाँ कार्यको योजना बन्नेछ। कामबाट सुख प्राप्त हुनेछ। पशुपालन तथा सवारीसाधनबाट लाभ मिल्नेछ। आज रातो रुमाल दान गर्दा शुभ हुनेछ।
वृष राशि-
आर्थिक पक्ष सुधार हुनेछ। शारीरिक स्फूर्तिमा कमी आउन सक्छ। शत्रुहरू पराजित हुनेछन्। मुद्दामामिलामा जित्ने योग छ। आज कन्याहरूलाई कपडा वा श्रृङ्गारका सामान दान गर्दा शुभ हुनेछ।
मिथुन राशि-
परिवारमा खुसीयाली बढ्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आत्मबल बढ्नेछ र मन प्रसन्न रहनेछ। आज पिता वा गुरुको सम्मान गर्दा शुभ फल प्राप्त हुनेछ।
कर्कट राशि-
आर्थिक प्रगतिमा बाधा आउन सक्छ। दाम्पत्य सुख वृद्धि हुनेछ। नयाँ वस्तु खरिद गर्ने अवसर मिल्नेछ। साँझ चन्द्रमालाई सेतो फूल र जल अर्पण गर्नुहोला।
सिंह राशि-
छोटो दूरीको यात्राको अवसर मिल्नेछ। धार्मिक कार्यमा मन जानेछ। सृजनात्मक र रचनात्मक काम हुनेछ। ‘ॐ घृणि सूर्याय नमः’ मन्त्र जपेर सूर्यलाई जल अर्पण गर्दा शुभ फल मिल्नेछ।
कन्या राशि-
आज सुनको प्रयोग नगर्नुहोला। यात्रा गर्दा सावधान रहनुहोला। साँझको तुलनामा बिहानको समय निकै शुभ रहनेछ। शिवजीलाई बेलपत्र चढाएर दिनको शुभारम्भ गर्नुहोला।
तुला राशि-
धुम्रपान तथा मद्यपान सेवन नगर्नुहोला। सवारीसाधनबाट कष्ट हुन सक्छ। मावली पक्षबाट नराम्रो व्यवहारको सामना गर्नुपर्ने हुन सक्छ। आज पलासको बिरुवा स्पर्श गरेर दिनको सुरुवात गर्नुहोला।
वृश्चिक राशि-
मन प्रसन्न रहनेछ। दिउँसो १२ बजेपछि नयाँ कामको अवसर प्राप्त हुनेछ। हाडजोर्नीमा समस्या आउन सक्छ। हनुमानजीको स्मरण गर्दै रातो टीका लगाएर दिनको शुभारम्भ गर्नुहोला।
धनु राशि-
पारिवारिक समस्यामा दिन बित्न सक्छ। आमाबाबुको सेवा गर्ने अवसर मिल्नेछ। अध्ययनरअध्यापनमा सफलता मिल्नेछ। व्यापार वा नोकरी सामान्य रहनेछ। आज केरा वा पहेँलो फल दान गर्दा शुभ हुनेछ।
मकर राशि-
मान-सम्मान बढ्दै जानेछ। बिहानभन्दा बेलुकाको समय आनन्दमय रहनेछ। प्रेमबाट सुख प्राप्त हुनेछ। आजको दिन श्रम र धैर्यता राख्नुमै भलाइ हुनेछ।
कुम्भ राशि-
मन चञ्चल रहनेछ। आफन्तबाट घात हुन सक्छ। सन्तानको चिन्ता रहनेछ। आमाबाबुको आशीर्वाद लिनुहोला र पाञ्चायन देवताको सेवा गर्दा दिन शुभ रहनेछ।
मीन राशि-
स्वास्थ्यमा समस्या देखिन सक्छ। मन प्रसन्न रहनेछ। सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। आज पहेँलो वस्तुको अधिकतम प्रयोग गर्दा शुभ हुनेछ।
सम्बन्धित समाचार
२०८३ भदौ २२ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं २१ गते आइतबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
आज गौरा सप्तमी, शिव–पार्वतीको पूजा गरी मनाइँदै
२०८३ भदौं १७ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

