Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, २३
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग

काठमाडौँ । हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आफ्नो पूर्वनिर्णयअनुसार रु. ५० लाख सहयोग प्रदान गरेको बताएको छ।

उक्त सहयोग नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ। नाइमाका अनुसार, सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, सिमेक्स इन्क.(बीवाईडी)का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी डिजिपलका तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो।

सो अवसरमा अध्यक्ष ऋतु सिंह वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन। उनले विशेषगरी नाइमाका सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग प्रदान गरिएको उल्लेख गर्दै संकट र विपद्का समयमा नाइमा सधैं सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरिन। उनले भनिन,“यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,”

सहयोग ग्रहण गर्दै माननीय अर्थमन्त्री डा.वाग्लेले नाइमाले प्रदान गरेको सहयोगको प्रशंसा गर्दै विपद्को यस संवेदनशील र कठिन घडीमा प्राप्त यस्तो सहयोग अत्यन्त मूल्यवान् रहेको बताइन।

Top Changing Nepal

युट्युब सट्स