ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
काठमाडौं । नेपालमा ओमोडा र जेइकुको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि.ले ओमोडा र जेइकुका नयाँ गाडीहरू मुस्ताङस्थित कोरला नाका हुँदै सफलतापूर्वक डिस्प्याच गरिएको जनाएको छ। डिस्प्याच गरिएका गाडीहरू अब देशभरका ग्राहकसम्म पुग्ने क्रममा रहेका बताइएको छ।
हालै आएको विनाशकारी बाढीका कारण रसुवागढी नाकातर्फको सडक मार्गमा उत्पन्न अवरोधका कारण ग्राहकलाई गाडी उपलब्ध गराउने प्रक्रियामा ढिलाइ नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको जनाइएको छ। यससँगै देशभर गाडीको आपूर्ति र डेलिभरी प्रक्रियालाई निरन्तरता दिइएको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार,नाइमा मोबिलिटि एक्स्पो तथा नाडा अटो शो २०२६ मा ओमोडा र जेइकुका गाडीप्रति देखिएको उल्लेखनीय ग्राहक आकर्षण तथा बुकिङपछि नयाँ गाडीहरू अहिले छिट्टै ग्राहकलाई डेलिभरीका लागि उपलब्ध हुनेछ। ओमोडा र जेइकुको उत्पादन पोर्टफोलियोमा आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट तथा उन्नत सुरक्षा प्रविधिको संयोजन रहेको जनाइएको छ। ओमोडा इ ५ र इ ५ प्रोमा १९१ एमएम ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक सनरुफ, लेभल २.५ एडास, भेन्टिलेटेड, हिटेड तथा मसाज सिट र प्रिमियम इन्टेरियरजस्ता सुविधाहरू रहेका बताइएको छ।
त्यस्तै, जेइकु जे ५ र जे ५ प्रोमा १८५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक मुनरुफ, ४८० लिटरको बुट स्पेस, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन तथा भेन्टिलेटेड सिटजस्ता सुविधा उपलब्ध छन्। त्यस्तैगरी, जेइकु जे ६ टिले २२५ एमएमको सेग्मेन्टमै उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, पानोरामिक सनरुफ, ४३१ किलोमिटरसम्मको रेन्ज, ६५.६९ किलोवाट–घण्टा ब्याट्री तथा १३५ किलोवाट मोटर प्रदान गर्दछ। यी विशेषताले जे ६ टि लाई शहरी यात्रादेखि साहसिक तथा लामो दूरीको ड्राइभिङसम्मका लागि उपयुक्त बनाउने कम्पनीको विश्वास छ।
देशभर वितरणका लागि गाडीहरू डिस्प्याच भइसकेसँगै यसअघि ओमोडा तथा जेइकुका गाडी बुकिङ गरेका ग्राहकहरूले छिट्टै आफ्नो गाडी प्राप्त गर्न सक्ने जनाइएको छ। त्यस्तै, नयाँ ग्राहकहरूले नजिकको आधिकारिक ओमोडा तथा जेइकु डिलरशिपमा पुगेर उपलब्ध मोडल, विशेषता तथा मूल्यबारे जानकारी लिनुका साथै आफ्नो रोजाइको गाडी बुकिङ गर्न सक्ने बताइएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
