माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै विश्वप्रसिद्ध होम एप्लायन्सेस ब्रान्ड माइडिया ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार,‘दिस दसैं, ब्रिङ होम द सेलिब्रेसन,ब्युटिफुल्ली योर्स’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले माइडियाका विभिन्न घरायसी उपकरण खरिदमा आकर्षक क्यासब्याक, सुनिश्चित उपहार तथा अन्य सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
यस योजनाअन्तर्गत उपभोक्ताले रु. ३७,७०० सम्मको ग्यारेन्टेड क्यासब्याक प्राप्त गर्न सक्नुका साथै साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर खरिदमा इन्डक्सन कुकटप, फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, टप लोड वाशिङ मेसिन खरिदमा ४ केजी सर्फ एक्सेल, सेमी अटोमेटिक वाशिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल तथा डिसवासर खरिदमा २ वटा वाशिङ ट्याब्लेट निःशुल्क प्रदान गरिने बताइएको छ ।
यसका अतिरिक्त, योजनामा सहभागी उपभोक्तामध्ये हरेक महिना लक्की ड्रमार्फत माइडिया साइड बाई साइड रेफ्रिजरेटर जित्ने अवसर समेत रहेको जनाइएको छ। लक्की ड्रमा सहभागी हुन उपभोक्ताले उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्न सक्नसक्नुका साथै शून्य प्रतिशत ब्याजदरमा सहज इएमआई सुविधा तथा छनोट गरिएका उत्पादनमा १० वर्षसम्मको वारेन्टी सुविधा पनि उपलब्ध रहेको बताइएको छ।
कम्पनीका अनुसार,यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ। दसैँको अवसरमा परिवारसँग बिताइने खुसीका पललाई अझ सहज र विशेष बनाउने उद्देश्यले माइडियाले आधुनिक प्रविधि, उपयोगी सुविधा र आकर्षक उपहारसहित यो योजना ल्याएको जनाएको छ।
चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले नेपालमा माइडियाका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। सिजी इलेक्ट्रोनिक्सका अनुसार,नेपालभरिका आधिकारिक डिलर नेटवर्क, २२ वटा सिजी डिजीटल शोरुम तथा cgdigital.com.np मार्फत माइडियाका विभिन्न उत्पादनहरू उपलब्ध छन्। उपभोक्ताले आफ्नो परिवारको आकार, घरायसी आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्ने बताइएको छ। माइडियाका रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, डिसवासर, माइक्रोवेभ ओभन, चिम्नी तथा विभिन्न साना घरायसी उपकरणहरू नेपाली बजारमा उपलब्ध छन्। कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको दाबी गरेको छ।
सम्बन्धित समाचार
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

