शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
काठमाडौं । शाओमी नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार,यस योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन्।
योजनाअन्तर्गत हरेक दिन ८ जना भाग्यशाली विजेताले २ हजार ४ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्ने बताइएको छ । त्यसैगरी, हरेक साता १० जना विजेताले १० हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नुका साथै ४ जना भाग्यशाली बम्पर विजेताले ४ दिन ५ रातको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउने जनाइएको छ ।
योजनामा सहभागी हुन ग्राहकले नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गरी मोबाइलको आइएमइआई नम्बर +९७७ ९७०२६६५७९० नम्बरको ह्वाट्सएपमा एमआई आइएमइआई नम्बर १ वा एमआई आइएमइआई नम्बर २ टाइप गरी पठाउनुपर्नेछ। उदाहरणका लागि, MI xxxxxxxxxxx लेखेर पठाउन सकिनेछ। विजेताको छनोट लक्की ड्रमार्फत गरिनेछ भने विजेताको घोषणा शाओमी नेपालको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाइएको छ।
यो योजना असोज ९ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुने छ भने योजनामा सहभागी हुने ग्राहकले कम्पनीले तोकेका सम्पूर्ण नियम तथा सर्तहरू पालना गर्नुपर्ने बताइएको छ। चाडपर्वको अवसरलाई थप विशेष बनाउने उद्देश्यले ल्याइएको यस योजनामार्फत शाओमी नेपालले मोबाइल फोन खरिदसँगै आकर्षक उपहार तथा थाइल्यान्ड भ्रमणको अवसर प्रदान गर्न लागेको जनाइएको छ ।
सम्बन्धित समाचार
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

