जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
काठमाडौँ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा स्याकम्यान एक्स ५००० इ ६×४ इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान एक्स ५००० इ ६×४ इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक गरेको छ । यससँगै स्याकम्यानले नेपालको तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन क्षेत्रमा प्रवेश गरेको छ ।
व्यावसायिक क्षेत्रका चुनौतीपूर्ण आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर भारी सामान ढुवानी तथा लामो दूरीको यातायातका लागि उपयुक्त रहेको छ भने एक्स ५००० इ इलेक्ट्रिक टिपर निर्माण, खानी तथा अन्य चुनौतीपूर्ण अफ–रोड सञ्चालनका लागि डिजाइन गरिएको जनाइएको छ ।

कम्पनीका अनुसार,दुवै मोडलमा इलेक्ट्रिक पावरट्रेन र ६×४ ड्राइभट्रेनका साथै फास्ट चार्जिङ क्षमता, रिजेनेरेटिभ ब्रेकिङ तथा इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणाली जस्ता विशेषता रहेका छन् भने यी प्रविधिले चुनौतीपूर्ण व्यावसायिक परिस्थितिमा सवारीसाधनको प्रभावकारी र भरपर्दो सञ्चालनमा सहयोग पुर्याउने उद्देश्य राखेका बताइएको छ ।
सहकार्यबारे बोल्दै शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले भनिन्, “स्याकम्यानसँगको हाम्रो साझेदारीले नेपालमा अत्याधुनिक विद्युतीय मोबिलिटी समाधानहरू ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । आगामी दिनमा यस सहकार्यलाई थप विस्तार गर्दै व्यावसायिक यातायात क्षेत्रमा थप अवसरहरू सिर्जना गर्न हामी तत्पर छौँ ।”
जगदम्बा मोटर्स र स्याकम्यानबीचको सहकार्यबारे बोल्दै सान्क्सी अटोमोबाइल होल्डिङ ग्रुपका साउथ एसिया जनरल म्यानेजर स्यान्डर्स लीले भने, “नेपाल विद्युतीय हेभी–ड्युटी सवारीसाधनका लागि सम्भावनायुक्त बजार हो । शंकर ग्रुप र जगदम्बा मोटर्ससँग साझेदारी गर्न पाउँदा हामी खुसी छौँ । यस सहकार्यमार्फत नेपाली बजारमा भरपर्दो र प्रविधिमा आधारित हेभी–ड्युटी समाधानहरू ल्याउने हाम्रो लक्ष्य छ ।”
स्याकम्यान एक्स ५००० इ का दुवै मोडलमा विद्युतीय पावरट्रेन प्रविधिसँगै चालकको आराम र सञ्चालन प्रभावकारितालाई ध्यानमा राखिएका विभिन्न सुविधाहरू समावेश रहेको जनाइएको छ । यी सवारीसाधनमा एयर–सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ तथा ठूलो इन्स्ट्रुमेन्ट डिस्प्ले लगायत हेभी–ड्युटी व्यावसायिक सञ्चालनका लागि आवश्यक सुरक्षा तथा नियन्त्रण प्रणालीहरू उपलब्ध रहेको कम्पनीले बताइएको छ ।

जगदम्बा मोटर्सका एक्जेक्युटिभ डिरेक्टर अखिल गुप्ताले भने, “स्याकम्यान एक्स ५००० इ हाम्रो व्यावसायिक सवारीसाधन पोर्टफोलियोमा महत्वपूर्ण थप हो । नेपालको यातायात, निर्माण तथा औद्योगिक क्षेत्रका बदलिँदा आवश्यकताहरूलाई सम्बोधन गर्ने विद्युतीय हेभी–ड्युटी समाधान उपलब्ध गराउन पाउँदा हामी खुसी छौँ ।”
कम्पनीका अनुसार,स्याकम्यान एक्स ५००० इ ६×४ इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ तोकिएको छ भने स्याकम्यान एक्स ५००० इ ६×४ इलेक्ट्रिक टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ तोकिएको छ ।
यी दुई मोडलको आगमनसँगै जगदम्बा मोटर्सले आफ्नो व्यावसायिक सवारीसाधन पोर्टफोलियोलाई विद्युतीय हेभी–ड्युटी सेग्मेन्टमा विस्तार गर्दै नेपालको यातायात, निर्माण, खानी तथा औद्योगिक क्षेत्रका लागि नयाँ विद्युतीय मोबिलिटी समाधानहरू प्रस्तुत गरेको बताइएको छ ।
जगदम्बा मोटर्सका बारेमा
जगदम्बा मोटर्स शंकर ग्रुपअन्तर्गतको कम्पनी हो, जसले नेपालमा व्यावसायिक तथा अटोमोटिभ उत्पादनहरूको वितरण तथा प्रवर्द्धन गर्दै आएको जनाइएको छ । अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको पोर्टफोलियो तथा देशभर विस्तार हुँदै गएको आफ्नो नेटवर्कमार्फत कम्पनीले नेपालभरका ग्राहकलाई भरपर्दो मोबिलिटी तथा यातायात समाधान उपलब्ध गराउनेमा केन्द्रित रहेको बताइएको छ ।
स्याकम्यानका बारेमा
सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) चीनको प्रमुख हेभी–ड्युटी व्यावसायिक सवारीसाधन निर्माता कम्पनी हो, जसको ६० वर्षको इतिहास रहेको छ । कम्पनीले मुख्यतः सैन्य तथा व्यावसायिक सवारीसाधनमा केन्द्रित रही विश्वभरका विभिन्न प्रयोग तथा बजारका लागि ट्रक तथा यातायातसम्बन्धी समाधानहरू उपलब्ध गराउँदै आएको जनाइएको छ । स्याकम्यानले चुनौतीपूर्ण सञ्चालन वातावरणका लागि हेभी–ड्युटी सवारीसाधन प्रविधि, उत्पादन विकास तथा यातायातसम्बन्धी समाधानमा केन्द्रित हुँदै आएको कम्पनीको दाबी छ ।
सम्बन्धित समाचार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

