चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
काठमाडौं । नेपालमा चेरी ब्रान्डका सवारीसाधनको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प द्वारा आयातित बहुप्रतीक्षित तथा लोकप्रिय मोडल चेरी क्यु नेपाल–चीन सीमा नाकासम्म आइपुगेको र अब नेपाल भित्रिन तयारी अवस्थामा रहेको कम्पनीले पुष्टि गरेको छ।
चेरी क्युका गाडीहरू सीमा नाकामै रहेका छन् र नाका खुल्नेबित्तिकै नेपालतर्फ भित्रिने बताइएको छ। आधुनिक डिजाइन, इन्टेलिजेन्ट प्रविधि र दैनिक प्रयोगको सहजतालाई संयोजन गर्ने एसयूभीका रूपमा परिचित चेरी क्यु नेपाली बजारमा ग्राहकहरूको प्रतीक्षाको विषय बनेको छ भने चेरी क्युको बुकिङ गरेका ग्राहकहरूले अब धेरै समय प्रतीक्षा गर्नुपर्ने जनाइएको छ । सीमा नाका खुलेपछि छिट्टै डेलिभरी प्रदान गरिने कम्पनीले बताएको छ।
सेग्मेन्टमै उत्कृष्ट ४९.२ किलोवाट आवर ब्याट्री, ४०० किलोमिटर रेन्ज,५४० -डिग्री क्यामेरा, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७० लिटरको फ्रङ्क स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र २० भन्दा बढी एडास सुविधाहरू सहितको यो नयाँ अर्बन क्रसओभरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको जनाइएको छ।आधुनिक सहरी जीवनशैलीका लागि डिजाइन गरिएको चेरी क्युले स्टाइलसँगै इन्टेलिजेन्ट प्रविधि पनि प्रदान गर्छ भने यसको डिजाइन र प्रविधिले अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाएको छ। चेरी क्युले प्रतिष्ठित रेड डट डिजाइन अवार्ड २०२५ तथा आईएफ डिजाइन अवार्ड २०२६ समेत जितिसकेको कम्पनीको दाबी छ।
नेपाल प्रवेशसँगै चेरी क्युले आधुनिक डिजाइन, स्मार्ट टेक्नोलोजी, सुरक्षा र व्यावहारिकतालाई संयोजन गर्ने नयाँ विकल्पका रूपमा नेपाली बजारमा आफ्नो उपस्थिति जनाउने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार, सीमा नाका खुल्नेबित्तिकै गाडीहरू नेपाल भित्र्याइने र त्यसपछि यसको उपलब्धता तथा बिक्रीसम्बन्धी थप जानकारी सार्वजनिक गरिनेछ।
सम्बन्धित समाचार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

