Jankari Kendra
१८ आश्विन २०८३, आईतवार
Worldlink

बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, १८
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा

काठमाडौं । बेनेली नेपालले दशैंको अवसरलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि विशेष दशैं अफर सार्वजनिक गरेको छ । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले ग्राहकलाई नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न थप सहज बनाउने उद्देश्यले ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा सहज फाइनान्सिङ सुविधा सहितको विशेष योजना ल्याएको जनाइएको छ।

यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरसँग बेनेलीको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ४० हजार रुपैयाँसम्मको बोनस प्राप्त गर्न सक्ने बताइएको छ । पुरानो सवारीसाधनलाई एक्सचेन्ज गरी नयाँ बेनेली खरिद गर्न चाहने ग्राहकलाई दशैंको अवसरमा थप मूल्य लाभ उपलब्ध गराउने कम्पनीले जनाएको छ।

साथै, ग्राहकको खरिद प्रक्रियालाई अझ सहज बनाउन कम्पनीले सहज फाइनान्सिङ सुविधा समेत उपलब्ध गराएको बताइएको छ । कम्पनीका अनुसार,यस सुविधामार्फत ग्राहकले आफ्नो बजेटअनुसार सहज किस्ताबन्दीमा बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने छन्।

दशैं अफर अन्तर्गत ग्राहकले बेनेली पानेरिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ तथा बेनेली १८०एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँ मा खरिद गर्न सक्ने जनाइएको छ।

Top Changing Nepal

युट्युब सट्स