कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । यस अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज बनाउन सहयोग गर्ने उद्देश्य राखेको जनाइएको छ ।
‘भरौँ खुसी’ अभियान सुरू भएदेखि नै सयौँ सहभागीहरू फ्लाइट र बस टिकट भौचर विजेताका रूपमा छनोट भइसकेका छन् भने अरू धेरैका लागि पनि यसमा सहभागी हुने, टिकट जित्ने र आफ्ना परिवारसँग दशैँ मनाउन घर जाने अवसर अझै बाँकी रहेको कम्पनीको दाबी छ ।
भदौ १८ देखि कात्तिक २९ (तदनुसार सेप्टेम्बर ३ देखि नोभेम्बर १५, २०२६) सम्म लागू हुने यस योजनाले सहभागीहरूलाई दशैँ विशेष २.२५ लिटर र १.५ लिटर कोक, स्प्राइट र फ्यान्टाको पेट बोटलमा उपलब्ध क्युआर कोड स्क्यान गरी वेबसाइटमार्फत रजिस्टर गरेर भौचर जित्ने मौका प्राप्त गर्न आह्वान गर्ने बताइएको छ ।
कोका–कोला बोटलर्स नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अजय कोनालेले भने, “दशैँ भनेको प्रायः टाढा रहेका परिवार र आफन्तहरू एकै ठाउँमा भेला हुने समय हो । नेपालीहरूका लागि दशैँमा घर फर्कनु र परिवारसँग समय बिताउनु कति धेरै अर्थपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौँ । ‘भरौँ खुसी’ मार्फत हामी यीनै भेटघाटहरूलाई सहज बनाउन सहयोग गर्ने भूमिका निर्वाह गरिरहेका छौँ ।”
यस अभियान अन्तर्गत विशेष टिभिसि (टेलिभिजन विज्ञापन) पनि प्रशारण भइरहेको छ जसमा कोका–कोलाका ब्रान्ड एम्बेसेडरद्वय प्रदीप खड्का र स्वस्तिमा खड्काको अभिनय रहेको जनाइएको छ । उक्त टिभिसिमा दशैँमा घर फर्कँदा महसुस गरिने व्यग्र प्रतीक्षाका पलहरू र सँगै हुँदाका आत्मीय क्षणहरूलाई कलात्मक र भावनात्मक रूपमा प्रस्तुत गरिएको कम्पनीले बताएको छ ।
विशेषतः काम, पढाई वा अन्य विविध कारणले आफ्नो गृहजिल्लाभन्दा टाढा बस्दै आएकाहरूका लागि दशैँ परिवारसँग सँगै हुने अवसर हो । यस अभियानले यी भेटघाटहरूको महत्त्वलाई उजागर गर्नुका साथै नेपालीहरूले वर्षदिनमा एकपटक आउने महान चाड आफ्ना प्रियजनहरूसँगै एकै ठाउँमा रही मनाउनका लागि गर्ने हरेक प्रयास र समर्पणलाई पनि ‘भरौँ खुसी’ अभियानले आत्मसात गर्ने जनाइएको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
