Jankari Kendra
६ कार्तिक २०८३, बिहीबार

एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, ६
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता

 

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईएसीसी)बाट आधिकारिक मान्यता पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले प्रेस विज्ञप्तिमार्फत प्रतियोगिताका सबै खेलले लिस्ट ए टी २० को मान्यता प्राप्त गरेको जनाएको छ ।

आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।

सिदार्थ बैँक नेपाल प्रिमियर लिग (एसबिएल एनपीएल)का सबै खेलले आईसीसीको आधिकारिक मान्यता प्राप्त गर्नुलाई नेपाली क्रिकेटको विकास र व्यवसायिकताका लागि महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ ।

क्यानका अनुसार यसबाट नेपाली क्रिकेटको अन्तराष्ट्रिय पहिचान अभिवृद्दि हुनुका साथै प्रतियोगिताको प्रतिष्ठा थप बढ्ने विश्वास लिइएको छ ।

Top Changing Nepal

युट्युब सट्स