Jankari Kendra
६ कार्तिक २०८३, बिहीबार

फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, ६
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार

काठमाडौँ । फेसबुकको प्राविधिक कमजोरी पहिचान गरेर रिपोर्ट गरेबापत तनहुँकी बी-फार्मेसीकी विद्यार्थी सुप्रिया अधिकारीले झन्डै ६ लाख रुपैँया पुरस्कार पाउने भएकी छिन् ।

अधिकारीले फेसबुकमा रहेको प्राविधिक त्रुटि (बग) पत्ता लगाई त्यसबारे फेसबुक सञ्चालक कम्पनी मेटालाई जानकारी गराएकी थिइन । उनको रिपोर्टका अधारमा मेटाले उनलाई ३ हजार ७५० अमेरिकी डलर बग बाउन्टी पुरस्कार दिने भएको जनाइएको छ।

प्रविधिको क्षेत्रमा देखिने यस्ता सुरक्षा कमजोरी पहिचान गरी सम्बन्धित कम्पनीलाई जानकारी गराउने व्यक्तिलाई कम्पनीले बग बाउन्टी कार्यक्रमअन्तर्गत पुरस्कार दिने गर्छन ।

Top Changing Nepal

युट्युब सट्स