जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि जनकपुर बोल्ट्स र एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिबीच सहकार्य सम्झौता भएको छ। २०२६ अक्टोबर २२ मा काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएसँगै एसटीसी जनकपुर बोल्ट्सको आधिकारिक हरित ऊर्जा साझेदार बनेको बताइएको छ।
सम्झौताअनुसार एसटीसीलाई जनकपुर बोल्ट्सको टोलीको ब्रान्डिङ, खेल दिवसका गतिविधि, अतिथि सत्कार तथा डिजिटल अभियानमा समावेश गरिने छ। कम्पनीका राइड र इनर्जी ब्याट्री ब्रान्डमार्फत भरपर्दो ऊर्जा र दिगो भविष्यप्रतिको साझा प्रतिबद्धतालाई अघि बढाउने लक्ष्य राखिएको जनाइएको छ।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले एसटीसीलाई आधिकारिक हरित ऊर्जा साझेदारका रूपमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। उनले यस सहकार्यले टोलीका समर्थक तथा मधेशका जनतासँगको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
त्यस्तै, एसटीसी इनर्जी इन्डस्ट्रिजका निर्देशक लक्ष्मीप्रसाद उप्रेतीले जनकपुर बोल्ट्ससँग साझेदारी गर्न पाउँदा गौरव महसुस भएको बताएका छन्। यस सहकार्यबाट नेपालभरिका क्रिकेटप्रेमीमाझ पुग्न र प्रतियोगिताभरि टोलीलाई साथ दिन उत्साहित रहेको उनको भनाइ छ।
मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्सले नयाँ ऊर्जा र दृढ महत्वाकांक्षासहित एनपीएलको तेस्रो सिजनमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको बताइएको छ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
