Jankari Kendra
८ कार्तिक २०८३, शनिबार

कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, ८
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना

काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली शक्तिशाली बन्दै गए नेपालमा मौसम प्रभावित हुने सम्भावना देखिएको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार कात्तिक ११ देखि १५ गतेसम्म देशको मौसममा यसको प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने भएको छ ।

विभागले दिएको जानकारीअनुसार पूर्वमध्य तथा दक्षिणपुर्वी बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्र क्रमशः तीव्र हुँदै जाने अनुमान गरिएको छ । यो प्रणाली कात्तिक ९ गते सम्म चक्रवातमा परिणत भई पश्चिम उत्तरपश्चिमतर्फ अघि बढ्ने र भारतको उत्तर आन्ध्र प्रदेश तथा ओडिशा तटीय क्षेत्र हुदैँ जमिनमा प्रवेश गर्ने सम्भावना छ ।

नेपालमा यसबाट कति वर्षा हुन्छ र कुन क्षेत्रमा कस्तो जोखिम उत्पन्न हुन सक्छ भन्ने विषयमा भने अहिले नै स्पष्ट आकलन भइसकेको छैन ।

मौसममा हुन सक्ने परिवर्तनले विशेषगरी कृषि तथा पर्यटन क्षेत्र प्रभावित हुनसक्ने भएकाले सम्बन्धित निकाय,व्यवसायी तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । मौसम सम्बन्धी आगामी सूचनामा ध्यान दिन र सम्भावित जोखिमबाट जोगिन आवश्यक तयारी गर्न पनि अनुरोध गरिएको छ ।

Top Changing Nepal

युट्युब सट्स