Jankari Kendra
१० कार्तिक २०८३, सोमबार

३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, १०
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)का खेल काठमाडौँमा मात्र सिमीत नराखी देशका विभिन्न सहरमा सञ्चालन गर्ने लक्ष्यसहित सरकारले क्रिकेट प्रर्वाधार विस्तारको योजना अघि सारेको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आठ प्रमुख सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

मन्त्री लम्सालका अनुसार प्रस्तावित रंगशालामा कम्तीमा ८ हजार दर्शक अट्ने क्षमता र रातिको समयमा खेल सञ्चालन गर्न फ्लडलाइटको सुविधा हुनेछ । यी संरचना तीन वर्षभित्र तयार पार्ने लक्ष्य राखिएको छ । रंगशाला निमार्णपछि एनपीएललाई ‘होम एन्ड अवे’ ढाँचामा सञ्चालन गर्न सकिने सरकारको अपेक्षा छ ।

तेस्रो संस्करणको एनपीएल सूरु हुने अवसरमा मन्त्री लम्सालले प्रतियोगिता सफलताको शुभकामना दिँदै नेपाल क्रिकेट संघ (क्यान)लाई पनि योजना अनुसार आवश्यक तयारी गर्न आग्रह गरेका छन् । उनले देशका विभिन्न क्षेत्रमा क्रिकेटको विकास र प्रतियोगिताको विस्तारका लागि यस्तो पूर्वाधार महत्वपूर्ण हुने बताएका छन् ।

सरकारको यो योजना कार्यान्वयन भएमा एनपीएलका खेल विभिन्न सहरमा आयोजना गर्ने सम्भावना बढ्नेछ । यसले स्थानीय स्तरमा क्रिकेटप्रतिको आकर्षण बढाउन र नेपाली क्रिकेटलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Top Changing Nepal

युट्युब सट्स