• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ असार २०८३, आइतबार
२८ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा
  • १९ घण्टा 

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता
  • १९ घण्टा 

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • १ दिन 

स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने
  • १ दिन 

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • २ दिन 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • २ दिन 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • २ दिन 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

  • २. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार

  • ४. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

  • ५. ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

  • ६. एशियन बैंकिङ एन्ड फाइनान्सबाट नेपाल एसबिआई बैंकलाई चार अन्तर्राष्ट्रिय अवार्ड

  • ७. देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश

  • ९. २०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

तामाकोशीमा सेयर: कहाँ कहिले र कसरी आवेदन गर्ने ?

admin २०७३, फाल्गुन, ११

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयवासीन्दा, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी र ऋण दिने स‌स्थाका कर्मचारीलाई प्राथमिक सेयर निश्कासन गरेको छ । 

 

सबैभन्दा ठूलो सेयर

 

तामाकोशी आयोजनाले स्थानीयवासिन्दा र कर्मचारीका लागि मात्रै तीन करोड ६० लाख ६ हजार कित्ता साधारण सेयर निश्कासन गरेको हो । तीन अर्व ६० करोड रुपैयाँको यो सेयर सार्वजनिक भएपछि तामाकोशीले सर्वसाधरणका लागि थप सेयर जारी गर्नेछ । तामाकोशीको यो सेयर नेपालका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो आइपिओ हो । दश अर्व ५९ करोड रुपैयाँ चुक्ता पुँजी भएको तामाकोशीमा संस्थापकका रुपमा रहेका नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषले ५१ प्रतिशत सेयर लगानी गरिसकेका छन् । उनीहरुले पाँच अर्व ४० करोड रुपैयाँको सेयर लगानी गरिसकेको तामाकोशीले सार्वजनिक गरेको आव्हानपत्रमा छ । – 

 

दोलखालीलार्इ ७० कित्ता

 

तामाकोशी आयोजनाले परियोजना रहेको जिल्ला दोलखाका स्थानीयवासिन्दालार्इ अधिकत्तम ७० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । उनीहरुले न्युनत्तम ५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी आयोजनाबाट अति प्रभावित हुने लामाबगर र गौरीशकर गाविसका बासिन्दाले भने तीन सय कित्ता सेयर आवेदन दिन सक्नेछन् । दोलखाका लागि तामाकोशीको चुक्ता पुँजीको दश प्रतिशत सेयर छुट्टयाएको छ । सेयर विक्रिबाट प्राप्त हुने एक अर्व पाँच करोड ९० लाख रुपैयाँ रकम परियोजना विकासमा खर्च हुने कम्पनीले जानकारी दिएको छ । दोलखावासीले सेयर आवेदन गर्दा दोलखा जिल्लाबाट जारी गरिएको नागरिकता प्रमाणपत्र बुझाउनुपर्नेछ । १६ वर्षभन्दा कमको हकमा नाबालकको जन्मदर्ता प्रमाणपत्र बुझाउनुपर्ने आव्हानपत्रमा उल्लेख छ । त्यसैगरी विवाहित महिलाले विवाह दर्ताको प्रमाणपत्र । २०६४ माघ १५ अघि बसाइ सराइ भइ आएकाले प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने व्यवस्था गरिएको छ । 

 

२०६७ साउन अघिका सञ्चयकर्तालार्इ मात्रै सेयर

 

माथिल्लो तामाकोशी आयोजनामा सञ्चयकर्ताका लागि एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता सेयर विभाजन गरिएको छ । तामाकोशीले सञ्चयकर्ताबाट एक अर्व ८३ करोड रुपैयाँ जुटाउनेछ । उनीहरुका लागि १७=२८ प्रतिशत सेयर छुट्टयाइएको छ । यो सेयर  पाउनका लागि २०६७ साउन १४ गते सञ्चयकोषमा रकम जम्मा गरेको कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको छ । सञ्चयकर्ताले अधिकत्तम पाँच हजार कित्ता सेयरका लागि आवेदन दिन सकिने व्यवस्था छ । एक सञ्चयकर्ताले अधिकत्तम पाँच लाख रुपैयाँसम्मको आवेदन गर्दा अत्याधिक माग भएमा नेपाल धितोपत्र बोर्डको बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गरिने आव्हानपत्रमा छ। 

 

सञ्चयकोषका कर्मचारी मालामाल

 

सञ्चयकोषका कर्मचारीलाई १५ लाख २४ हजार नौं सय ६० कित्ता सेयर निष्काशन गरिएको छ ।  ऋण लगानीकर्ता अर्को सस्था नागरिक लगानी कोषका कर्मचारीका लागि तीन लाख चार हजार नौ सय ९२ कित्ता, नेपाल टेलिकमका कर्मचारीलाई नौं लाख १४ हजार नौ सय ७६ कित्ता, राष्ट्रिय बीमा सस्थानका कर्मचारीलाई तीन लाख चार हजार नौ सय ९२ कित्ता र आयोजनाका कर्मचारी तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई ४० लाख ६६ हजार पाँच सय ६० कित्ता सेयर दिन लागिएको हो । यो आधारमा सबैभन्दा बढी सेयर कर्मचारी सञ्चयकोषका कर्मचारीले पाउनेछन् ।

 

तीन वर्षको लकिङ पिरियड

आयोजनाको सेयर विक्री प्रवन्धक नागरिक लगानी कोषले विहीबार आब्हान पत्र सार्वजनिक गरी फागुन ११ गतेदेखि निष्काशन खुल्ला हुने जनाएको छ । फागुन २५ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । फागुन २५ गतेसम्म पनि पूर्ण आवेदन नपरे चैत १५ गतेसम्म सेयर आवेदन गर्न सकिनेछ । तर तामाकोशीको सेयरमा सबैभन्दा धेरै आकर्षण रेहेका कारण यो सेयरको आवेदन फागुन २५ गते बन्द हुने सम्भावना बढी छ । तामाकोशीको यो सेयर कम्तिमा पनि तीन वर्ष विक्रि भने गर्न नपाइने गरी लकिङ पिरियड तोकिएको छ ।

ठाउँठाउँमा संकलन केन्द्र

तामाकोशीको सेयरका लागि फरक फरक समूहलार्इ फरक फरक ठाउँमा संकलन केन्द्र तोकिएको छ । स्थानीय वासिन्दाका लागि आवेदन फारम चरिकोट, जिरी र सिंगटीमा रहेका संकलन केन्द्रबाट उपलब्ध गराउने जानकारी नागरिक लगानी कोषले दिएको छ । कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले यो सेयरका लागि नागरिक लगानी कोषमा आवेदन दिन सकिनेछन् । त्यसैगरी एनसिएम मर्चेण्ट बैंकिङ, राष्ट्रिय बाणिज्य बैंकका शाखाहरुमा पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । ऋण दिने संस्थाहरुमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थानका कर्मचारीको फर्म भने एकमुषठ बुझ्ने हुँदा सम्वन्धित कार्यालयमै बुझाउने व्यवस्था गरिएको छ । दुरसञ्चार र विद्युत प्राधिकरणका कर्मचारीले भने नागरिक लगानी कोष, एनसिएम मर्चेन्ट बैंकिङ, सिदार्थ डेभलपमेण्ट बैंकको भैरहवा, धनगढी, नेपालगञ्ज, बुटवल, यती डेभपलमेन्ट बैंकको हेटौडा, पोखरा, बीरगञ्ज बिराटलक्ष्मी विकास बैंकको बिराटनगर तथा सहयोगी विकास बैंकको जनकपुरबाट सेयर आवेदन लिइनेछ । तामाकोशीको उत्पादन २०७३ साउनमा पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुनेछ भने २०७३ पुसबाट सबै युनिटबाट विद्युत उत्पादन हुने आव्हानपत्रमा छ । 

Source: Bizmandu

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता
अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?
नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट

ताजा

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.