• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष २३, २०८२
बुधबार, पुष २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

अब नेपालीले विदेशमा २० हजार डलरसम्म लगानी गर्न पाउने

हुस्सुले तराईमा जनजीवन प्रभावित

२०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य प्रतिशत किस्ताको सुविधा सुरु

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

यी ६ देशका पर्यटकलाई दक्षिण कोरियाले निःशुल्क भिसा दिने

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १७ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन, राहत र समन्वयलाई संस्थाकरण बनाइँदै

  • ७. नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै

  • ८. इन्दिरा आईभिएफ आशा र अभिभावकत्वका दुई बर्षको उत्सव

  • ९. बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • १०. आजदेखि स्वस्थानी व्रत आरम्भ, नयाँ व्रत बस्नेहरुले कसरी सुरु गर्ने ?

भुकम्पको भविश्य वाणि कसैले गर्न सक्दैन, हल्लाको पछाडि किन लाग्नु

अहिलेसम्म न त वैज्ञानिकहरूले नै भूकम्पको ठ्याक्कै भविष्यवाणी गर्न सकेका छन्, न त जतिसुकै ज्ञानी ज्योतिषीहरूले नै । तर अहिले संकटको बेला, सामाजिक सञ्जालदेखि जनमुखी सञ्चारमाध्यमसम्म विभिन्न प्रकारका भूकम्प सम्बन्धी अफवाह र त्रास फैलिन थालेको छ । यस्ता कपोकल्पित भविष्यवाणीहरूले जनमानसमा भयको वातावरण सिर्जना गरिरहेका छन्, जुन गम्भीर चिन्ताको विषय हो ।

यस्ता हल्ला फैलाउनेहरू प्राय: कुनै न कुनै निहित स्वार्थले प्रेरित हुन्छन्- चाहे चर्चा बटुल्ने होस्, सामाजिक आतंक फैलाएर प्रभाव जमाउने होस् वा अराजकता सृजना गरेर अप्रत्यक्ष लाभ उठाउने । “अँध्यारोमा झटारो हान्दा आँप झरे टिपेर खाउँला” भन्ने सोचका साथ नियोजित रूपमा यस्ता अफवाहहरू फैलाइन्छन् ।

अफवाह फैलाउने मात्र होइन, त्यसमा विश्वास गर्ने पनि जिम्मेवार
हल्ला फैलाउने जति दोषी छन्, त्यही हल्लामा विश्वास गर्ने हामीहरू पनि कम दोषी छैनौं । बैशाख १२ को विनाशकारी भूकम्प अगाडि किन कसैले स्पष्ट रूपमा कुनै भविष्यवाणी गरेन ? त्यो भूकम्पमा हामीले ८ हजारभन्दा बढी नेपाली दाजुभाइ गुमायौं, लाखौं विस्थापित भयौं- त्यो हाम्रो सामूहिक पीडा र अनुभव हो ।

तर त्यसपछिका दिनहरूमा अनेकन प्रकारका हल्ला फैलिए – “अब झन् ठूलो भूकम्प आउँछ रे”, “आजको रात १२ बजेतिर आउँछ रे”, “योभन्दा अझै डरलाग्दो आउँदैछ” इत्यादि । यस्ता भ्रामक सूचनाले थुप्रै परिवारलाई बस्न सकिने घर छोडेर खुला स्थानमा रात बिताउन बाध्य बनायो, मानसिक तनाव दियो ।

त्रास फैलाउनेहरूलाई प्रसय दिने हामी आफैँ
अझ दु:खद त के छ भने, केही पढे लेखेका, जान्ने-सम्झने व्यक्तिहरूले नै यस्ता अफवाहहरूलाई सामाजिक सञ्जाल वा मिडिया मार्फत परोक्ष समर्थन दिए । यसले त बच्चादेखि वृद्धसम्म सबैमा भयको वातावरण गहिर्याउन भूमिका खेल्यो । हामीले यस्ता कुराहरूमा बिना आधार बहस गर्न छोडेनौं, जसले हल्लालाई अझ फैलाउने काम गर्यो ।

भूकम्प आउँछ कि आउँदैन – न ढुक्क हुने न अत्तिनु पर्ने
अर्को महत्वपूर्ण पक्ष के हो भने, “अब ५० वर्षसम्म त भूकम्प आउँदैन रे”, “१०० वर्ष त ढुक्क रे” भन्ने प्रकारका टिप्पणीहरू पनि यथार्थसम्मत छैनन् । किनभने हामीले पछिल्ला वर्षहरूमा अनुभव गरिसकेका छौं- परकम्पहरू पनि धेरै ठूलो क्षति पुर्याउन सक्छन् ।

हामीले अब सिकिसकेका छौं- भूकम्प न त भविष्यवाणीको विषय हो, न त अनुमानको भरमा ढुक्क हुने कुरा । यसको लागि न ज्योतिषी चाहिन्छ, न त गुरु थापेर सोध्नुपर्ने कुरा हो । बच्चादेखि वृद्धसम्म सबैले भूकम्पका लक्षण, यसको समय र अनिश्चितता अनुभूत गरिसकेका छौं । त्यसैले अब प्रश्न गर्ने समय हो- ‘किन हामी हल्लाको पछि लाग्छौं ?, किन हामी कसैको स्वार्थ पूरा गर्न वातावरण तयार गर्छौं ?’

भूकम्प आउँछ कि आउँदैन भन्ने भविष्यवाणी कसैले गर्न सक्दैन । त्यसैले कसैको भनाइमा अत्तालिनु पनि पर्दैन, न त ढुक्क हुन मिल्छ । हामी स्वयं सजग र संयमित हुनुपर्छ । अफवाहको पछि लागेर जानाजानी दु:ख निम्त्याउनु बुद्धिमानी होइन । यो समय एकताको हो, न कि कसैको स्वार्थ पुरा गर्ने । हामी सबै जानकार छौं, भोगेका छौं – अब सचेत बनौं, सतर्क बनौं र हल्लाको पछि कहिल्यै नलागौं ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हुस्सुले तराईमा जनजीवन प्रभावित
    दिनप्रति दिन देशभर जाडो बढ्दै, काठमाडौंमा यस वर्षकै कम तापक्रम
    तराईमा हुस्सु र हिमालमा हिमपात : सतर्कता अपनाउन आग्रह

    लोकप्रिय

    २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १७ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

    अब नेपालीले विदेशमा २० हजार डलरसम्म लगानी गर्न पाउने

    हुस्सुले तराईमा जनजीवन प्रभावित

    २०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
    • अब नेपालीले विदेशमा २० हजार डलरसम्म लगानी गर्न पाउने
    • हुस्सुले तराईमा जनजीवन प्रभावित
    • २०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
    • ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.