सप्तरीमा डुवान, ९० परिवार सम्पर्क विहीन
काठमाडौं १२ जेठ । भारतीय पक्षले कोसी नदीको वहाव पश्चिम तटवन्धतर्फ फर्काउने रणनीतिअनुसार कोसी व्यारेजको पश्चिम पाइलट च्यानलमा शुक्रबार साँझ एक्कासी पानी छोड्दा नेपालतर्फका करिब ९० परिवार विस्थापित भएका छन् ।
ती परिवारका करिब तीन सय जना शुक्रबार साँझदेखि नै पानीले घेरिएको सप्तरी गोबरगाढाको थुम्कोमा आश्रय लिएर बसेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका–१२ गोबरगाढाका उनीहसँग सम्पर्क स्थापित र उद्दार गर्ने प्रयास भइरकेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी गराए ।
साहले नागरिकसँग भने, ‘वस्तीको पश्चिम तर्फवाट करिब १७ किलोमिटर लामो प्यालट च्यानल खनिएको थियो, उक्त च्यानलमा पानी छोडदा स्थानिय स्तरमा पूर्व जानकारी गराउनु पर्ने हो तर शुक्रवार साँझ भारतीय पक्षले एक्कासी पानी छोडेपछि यस्तो अवस्था आएको हो ।’
आपत्कालीन वचावका लागि राखिएको नगरपालिकाको २ थान डुंगासहित झण्डै आधा दर्जन डुंगाहरु समेत नदीले वगाएर लगेको साहले जानकारी गराए ।
स्थानीयहरुका अनुसार गाउँलेहरुले संकलन गरेर राखेको काठ दाउरा, घर वनाउन प्रयोग गरिने खडही सहित केही पशु चौपाया समेत नदीको वेगले वगाएको छ । यद्यपि यसवारे आधिकारी तथ्यांक भने नआइसकेको मेयर साहले वताए । -नागरिक दैनिकबाट
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
