पाकिस्तानी सैनिकसँगको भिडन्तमा दुई गोर्खा सैनिकको मृत्यु
भारत र पाकिस्तानबीच सीमामा गोली हानाहान हुँदा दुई गोर्खा सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ छन् ।भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरु काश्मिरको लाइन अफ कन्ट्रोलमा पाकिस्तानी सैनिकबाट भएको फायरिङका क्रममा मारिएका हुन् । गोर्खा सैनिकको निधनबारे भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनापति जनरल विपिन रावतसँग कुरा गरी गहिरो दुःख व्यक्त गरेको समाचार संस्था आइएएनएसले जनाएको छ ।
लाइन अफ कन्ट्रोल भनिने काश्मिरमा दुवै देशका सैनिकबीच शनिबार र आइतबार गोली हानाहान भएको हो । पीटीआइका अनुसार पाकिस्तानी सेनाले गोली चलाएपछि जवाफी फायरिङ भएको हो । घुनदिस्तान गाउँमा आइतबार भएको घटनामा दुई भारतीय सैनिक मारिएका थिए । जवाफी फाइरिङमा पाँचजना पाकिस्तानी सैनिक मारिएको पीटीआइले जनाएको हो ।लाइन अफ कन्ट्रोलमा पाकिस्तानले युद्धविराम उल्लंघन गरेको भारतीय पक्षको दाबी छ । दुवै पक्षले एक अर्काको सीमाभित्र छिरेको आरोप लगाउने गरेका छन् ।
गत हप्ताको मंगलबार पाकिस्तानी मोटार हमलाबाट २७ वर्षीया महिलाको मृत्यु भएको थियो । घटनापछि दुवै पक्षबीच तनाब बढ्ने खतरा बढेको छ ।काश्मिरको विषयमा भारत र पाकिस्तानबीच तनाव कायमै छ । ३७० धारा खारेज पछि पाकिस्तान भारतीय कदमको विरोधमा उत्रिएको छ ।
-एजेन्सी
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

