भीम रावललाई प्रधानमन्त्रीको जवाफ : ‘म कुन पार्टीको हुँ भनेर सर्वोच्च अदालतलाई सोध्नुहोस’
काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुन पार्टीको प्रधानमन्त्री हो ? भन्ने प्रश्न सर्वोच्च अदालतलाई सोध्न आग्रह गरेका छन् । आज १११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
हिजो बसेको प्रतिनिधिसभाको बैठकमा सांसद डा. भीम बहादुर रावलले प्रधानमन्त्री ओली कुन पार्टीको हो ? भनेर प्रश्न सोधेका थिए । त्यसको जवाफ ओलीले आज फर्काएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘हुँदा हुँदा कुन पार्टीको प्रधानमन्त्री रे। सर्वोच्चलाई नै सोध्नुस् न ।’
ओलीले आफूले मुद्दा हारे पनि अदालतको फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले अदालतको फैसला सबैले मान्नुको विकल्प नभएको दोहोर्याउँदै भने,‘तर मुद्दा लडेर आएपछि ताजुब देखियो, तर एउटा फैसला आउँदा अदालतको जयजयकार गर्ने, अर्को चाहिँ के गरेको भन्ने ?’
उनले संसदको पहिलो बैठक सेटिङमा चलेको आरोप लगाए । प्रधानमन्त्री ओलीले भने, ‘पहिलो बैठक पहिलो गाँसमै झिंगाजस्तै भयो, ‘गजबको सेटिङ । उफ्रेको हो कि धामी नाच हो, खुर्र नारा लगाएको छ, एउटा निस्केको छ, फेरि अर्को बाहिरिएको छ ।’
प्रधानमन्त्रीले सरकारले महत्वपूर्ण अध्यादेश जारी गरेको बताउँदै संसदले अस्वीकार गर्न सक्ने व्यवस्था हुँदाहुँदै सदन चल्न नदिएकोमा असन्तुष्टि जनाए। सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकता हुनुभन्दा अघिको पूर्ववतः अवस्थामा फर्काउने फैसला गरेको छ ।
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
