Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

माधव नेपालको जिम्मेवारी खोसेर भट्टराईलाई

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, फाल्गुन, २८
माधव नेपालको जिम्मेवारी खोसेर भट्टराईलाई

नेकपा (एमाले) को आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको १०औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुको बैठकले यस्तो निर्णय गरेको एक केन्द्रीय सदस्यले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । त्यस्तै, आजको बैठकले नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलसहित २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । र, पार्टीको प्रवक्तामा प्रदीप कुमार ज्ञवालीलाई तोकेको छ । र, विदेश विभाग प्रमुखमा माधव कुमार नेपाललाई हटाएर डा. राजन भट्टराईलाई उक्त जिम्मेवारी दिईएको छ ।

Top Changing Nepal

युट्युब सट्स