×
०६ साउन २०८३, बुधबार
०६ साउन २०८३, बुधबार
  • ☰

भर्खरै

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
  • १६ घण्टा 

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
  • १६ घण्टा 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
  • १७ घण्टा 

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • १९ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • १९ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • २० घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • २१ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • २. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ३. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ४. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ६. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • ७. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ८. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ९. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

लोक सेवा आयोगका सबै काम ठप्प, परीक्षा र नतिजा रोकिने

admin २०७७, चैत्र, ९

काठमाडौं, चैत ९ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्ले समयमा नै पदाधिकारी सिफारिस र नियुक्ति गर्न नसक्दा लोकसेवा आयोग एकैपटक पदाधिकारीविहीन बन्ने भएको छ । बढ्दो राजनीतिक खिचातानीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउन सकेका छैनन् । जसका कारण लोकसेवा आयोगको पदाधिकारी सिफारिस र नियुक्ति प्रक्रिया अवरुद्ध बनेको छ । आयोगका अध्यक्षलगायत पाँचै जना पदाधिकारीको पदावधि यही १० चैत्रदेखि सकिँदै छ । पदाधिकारी समयमा सिmफारिस र नियुक्ति हुन नसक्दा आगामी ११ चैत्रदेखि लोकसेवा आयोगका सबै काम ठप्प हुनेछन् । आयोगद्वारा सञ्चालन हुने परीक्षा तथा नतिजाका सबै काम रोकिनेछन् । यस्तै, सरकारी निकायमा रिक्त रहने स्थानमा नयाँ कर्मचारी पदपूर्ति गर्ने प्रक्रियासमेत अवरुद्ध बन्नेछ ।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रम्हदेव राय र कृष्णचन्द्र झा आगामी १० चैत्रदेखि सेवा निवृत्त हुनासाथ ११ चैत्रदेखि नै आयोगका सबै काम ठप्प हुने लोकसेवा आयोगले जनाएको छ । संविधानको धारा २८४ को उपधारा ३ अनुसार संवैधानिक परिषद्ले संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने प्रावधान छ । तर, परिषद्ले संविधानको सो प्रावधानको समेत बेवास्ता गर्दै लोकसेवा आयोगमा पदाधिकारी सिफारिसका लागि आवश्यक प्रक्रिया अघि बढाउन नसकेको हो ।

लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले पदाधिकारी रिक्त भएसँग लोकसेवा आयोगका सबै काम प्रभावित हुने बताए । ‘अब पदाधिकारी नहँुदा नियमित प्रशासनिकबाहेक, परीक्षा सञ्चालन गर्ने, अन्तर्वार्ता लिने तथा नतिजा निकाल्नेलगायत आयोगका नियमित सेडुलका सबै काम ठप्प हुनेछन्,’ आयोगका प्रवक्ता सुवेदीले राजधानीसँग भने । यसैगरी सचिव, सहसचिवलगायत सबै तहका कर्मचारीको बढुवा प्रक्रियासमेत अवरुद्ध हुनेहँुदा उनीहरूको वृत्ति विकासमा समेत गम्भीर धक्का लाग्नेछ । वृत्ति विकासमा धक्का लाग्न पुग्दा आम कर्मचारीमा निराशा छाउनेछ ।

निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गरी सरकारलाई सिफारिस गर्ने अधिकार संविधानले नै लोकसेवा आयोगलाई दिएको छ । पदाधिकारी अभावमा त्यस्तो कार्य अवरुद्ध हुने देखिएको छ । लोकसेवा आयोगले निजामती सेवाको पदबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मवारी पनि लोकसेवा आयोगकै हुने भएकाले पदाधिकारी अभावमा ती निकायको कामसमेत पूर्ण रूपमा प्रभावित हुनेछन् । यसैगरी, निजामती तथा अन्य संगठित संस्था तथा सुरक्षा निकायमा कर्मचारी बढुवाका लागि समेत आयोगको परामर्श चाहिने भएकाले ती कामसमेत रोकिने जनाइएको छ । राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने

ताजा

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.