०७८ सालमा सार्वजनिक बिदा, कुन दिन के को बिदा ?
काठमाडौं । सरकारले आगामी बर्ष अर्थात ०७८ सालमा सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ । सरकारले अघिल्लो तीन बर्षदेखि कटौती गरेका केही पर्वको विदा यस पटकबाट फेरि दिने भएको छ ।
जस अनुसार, तीन बर्ष अघि प्रधानमन्त्री ओली हुँदा कटौतीमा परेका चार वटा चाडपर्व बिदा पुन कायम भएको राजपत्रमा प्रकाशन भएको छ । योसँगै ०७८ सालमा शनिवार बाहेकका सार्वजनिक बिदा २३ दिन हुने भएको छ ।
०७८ सालको बैशाखदेखि चैत मसान्तसम्ममा जम्मा २३ दिन सार्वजनिक बिदा दिने सरकारको तयारी छ । बैशाखमा नयाँ बर्ष, भदौ ६ गते रक्षाबन्धन, असोज २१ गते घटस्थापना, कार्तिक २४ गते छठ पर्व, माघ १ गते माघे संक्रान्ति र फागुन पूर्णिमाका दिन १७ गते सार्वजनिक बिदा दिइने भएको छ ।
यस बर्ष बडादशैँ पर्व असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ । असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ ।
कार्तिक कृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।
यता गृह मन्त्रालयले भने ०७८ सालका केही पर्वहरुमा तीन बर्ष अघि कटौती गरिएको बिदा फेरि कायम गरेसँगै ४ दिन बिदा थपिने भएको हो । जसअनुसार जनैपूर्णिमा, दसैँको घटना स्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।
जस अनुसार ६ भदौ जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ ।
अन्य विदा भने कायमै राखिएको छ । जस अनुसार,०७८ सालमा ५२ वटा शनिवारसमेत जोड्दा ७५ दिन सार्वजनिक बिदा हुनेछ । यस्तै सम्बन्धित धर्म, संष्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा विदा हुनेछ ।
महिला कर्मचारीहरुका लागि मात्र, शिक्षण संस्था मात्र, काठमाडौं उपत्याकामा मात्र गाइजात्रा, इन्द्रजात्रा, भोटो देखाउने जात्रा र घोडा जात्राको अवसरमा बिदा हुनेछ । यस्तै ५ दिन विभिन्न पर्व तथा दिवस विदा दिइनेछ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
