कोरोना संक्रमणको जोखिम बढेपछि गृहमन्त्रालयले दियो यस्तो निर्देशन
काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्ड कडाई गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।गृहमन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै भीडभाड हुन नदिने र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका अनुसार सोमवार नै सबै जिल्लाका सिडियोहरुलाई स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न निर्देशन दिएको हो । जस अनुसार कतिपय जिल्लाहरुले कोरोना जोखिम कम गर्नका लागि निषेधाज्ञा समेत जारी गरिसकेका छन् । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत ८ गते सभा, सम्मेलनमा रोक लगाउनका लागि आग्रह गरेको थियो ।
त्यसै अनुसार गृहमन्त्रालयले भारतसँगको सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्नका लागि समेत निर्देशन दिएको छ । कोरोना जोखिम बढेपछि सीमानाकामा चेकजाँच र क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरहरु अपडेट गर्न समेत सम्बन्धित जिल्ला प्रमुखहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

