दाहाल र नेपालबीच भेटवार्ता, मिलेर जाने सहमति
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । दुई नेताबीच आज विहान एक व्यापारीको घरमा भेटवार्ता भएको बुझिएको छ । हिजोमात्रै पनि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो । पछिल्लो समय दुई नेताबीच कसरी मिले अघि बढ्ने भन्नेबारे छलफल भएको बुझिएको छ ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग-अलग भएका छन् । तर, एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको संघर्ष भने तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रहँदाको जस्तै अन्तरसंघर्ष जारी छ । कतिसम्म भने ओलीले नेपालसहित नेताहरु डा. भीम बहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई समेत स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफमा नेता नेपाल र रावलले हिजै बुझाएका छन् । तर, जवाफभन्दापनि नेता नेपाल र रावलले उल्टै ओलीसामू आक्रामक प्रश्न गरेका छन् ।
ओलीले संसदीय दलको बैठक आज दिउँसो ३ बजे डाकेका छन् । उक्तै बैठकमा जाने वा नजाने भन्नेबारे यो समूह अझै अनिर्णित छ । माधव नेपाल समूहको अहिले कलंकीस्थित् मेगा पार्टी प्यालेशमा केन्द्रीय कमिटी सदस्यहरुको बैठक जारी छ । बैठक बस्नुअघि नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा उनीहरुले आवश्यक परे तत्काल पार्टी एकता गरेर भएपनि अघि बढ्ने निश्कर्ष निकालेका थिए । हिजोको बैठकमा दुई नेताबीच सर्वोच्चको फैसलाविरुद्ध पूनरावलोकनमा जानेबारे कुराकानी भएको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
