फेरि फैलन थाल्यो कोरोनाको त्रास, जारी भयो अनिश्चितकालीन निषेधाज्ञा
अछाम । भारतमा फैलिरहेको कोरोना सङ्क्रमण अछाम भित्रिनेहरूमा आउन सक्ने भन्दै अनिश्चितकालीन आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय अछामले बुधबार रातिबाट लागू हुने गरी होरी (होली), मेला, पर्व, बैठक, भेला, जुलुसमा प्रतिबन्ध लगाएको छ ।
भारतबाट घर फर्किने समय भएकोले कोरोना फैलन नदिनका लागि अत्यावश्यक व्यवसाय, कलकारखाना र छोटो दूरीका सवारी साधन बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र सञ्चालनमा ल्याउन कार्यालयले समय निर्धारण गरेको छ ।
ज्वरो आएका यात्रुका मलेरिया, आरडीटी वा कोभिड-१९ को एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । बैठक, गोष्ठी वा सेमिनार गर्नु परेमा भर्चुअल माध्यमबाट मात्रै गर्नुपर्ने प्रशासन कार्यालयको सूचनामा उल्लेख छ । मास्क, सेनिटाइजर र भौतिक दूरी कडाइका साथ पालना गर्न भनिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।
आदेशको अवज्ञा भए सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रशासनद्वारा जारी गरिएको आदेशमा उल्लेख छ । गोरखापत्रमा खबर छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?