वैशाख १ बाट ट्रायल पास हुने बित्तिकै लाइसेन्स पाइने !
काठमाडौं । सरकारले वैशाख १ बाट ट्रायल पास भएलगत्तै अस्थायी लाइसेन्स उपलब्ध गराउने भएको छ । उक्त व्यवस्था लागु भएपछि हाल ट्रायल पास गरेको १ वर्ष बितिसक्दा पनि चालकले लाइसेन्स पाउन नसक्ने समस्याको अन्त्य हुने विभागले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेबाट सवारी साधन सञ्चालन अनुमति पत्र (लाइसेन्स) को नयाँ व्यवस्था गर्ने भएको हो । मन्त्रालयले विभागलाई यसै अनुसार निर्देशन दिएसँगै यो व्यवस्था विभागले वैशाख १ बाट लागु गर्ने बताएको छ ।
लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि सेवाग्राहीको लामो लाइन, प्रक्रियामुखी परीक्षा र लाइसेन्स प्रिन्टिङको ढिलाइ आदि कारणले सरकार प्रति जनताको गुनासो रहेको स्वीकार्दै प्रधानमन्त्री ओलीले यस विषयमा चासो राख्दै ट्रायल परीक्षाको प्रक्रियालाई सहज र लाइसेन्स प्राप्त गर्ने अवधि छोटो बनाउन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले केही समयअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवलाई लाइसेन्सको प्रक्रिया तुरुन्त सुधार गर्न निर्देशन दिएपछि मन्त्रालयले यसमा आवश्यक गृहकार्य अघि बढाएको मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।
सचिव श्रेष्ठका अनुसार हालसम्म लाइसेन्सको प्रयोगात्मक परीक्षा पास गर्न शतप्रतिशत अंक ल्याउनु पर्नेमा अब ७० अंक ल्याए लाइसेन्स पाइनेछ । परीक्षामा ७० प्रतिशत अंक ल्याउने चालकलाई तत्कालै अस्थायी लाइसेन्स दिइनेछ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
