Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

सुनको मूल्य तोलामा ५०० रुपैयाँ घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, १७
सुनको मूल्य तोलामा ५०० रुपैयाँ घट्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स