मेरो सेयर सफ्टवेयरमा बिहानैदेखि समस्या, सीडीएस भन्छ–समाधानको प्रयास हुँदैछ
जानकारी केन्द्र
२०७७, चैत्र, १७
काठमाडौं : मेरो सेयर सफ्टवेयरमा मंगलबार बिहानदेखि समस्या आएको छ । जसका कारण लगानीकर्ताले बिक्री गरेको सेयर इडीआइएस गर्न पाएका छैनन । सोमबार बिक्री गरेको सेयर लगानीकर्ताले मंगलबार इडीआइएस गर्नुपर्छ । तर, मंगलबार बिहानदेखि मेरो सेयर नचलेपछि लगानीकर्तालाई क्लोज आउटमा परिन्छ कि भन्ने तनाव भएको छ ।
यता, सीडीएसका प्रवक्ता सुरेश न्यौपाने समस्या समाधानको प्रयास भइरहेको बताएका छन् । उनले भने, ‘सिस्टममा आएको समास्या समाधान हुँदैछ । अबको केही समयमा नै सिस्टम चल्छ ।’ तथापि, मेरो सेयरमा बराम्बार समस्या आउने गरेको छ ।
केही दिनअघि पनि मेरो सेयरमा समस्या देखिएपछि लगानीकर्तालाई सीडीएसले सेयर इडीआइएस गर्ने समय थपेको थियो । मंगलबार पनि इडीआइएस गर्ने समय थप गर्ने सम्बन्धमा छलफल भइरहेको छ । तथापि, सिस्टम चलेपछि मात्रै यसबारेमा निर्णय हुने सीडीएसले जनाएको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

