विश्वकै प्रदूषित शहरको एक नम्बरमा काठमाडौँ
केही दिन हल्का सुधार भएको वायु प्रदूषण फेरि अत्यधिक बनेको छ। काठमाडौँ अहिले ९सोमबार० विश्वकै प्रदूषित शहरको सूचिमा पहिलो नम्बरमा छ। आइक्यूएअरका अनुसार काठमाडौँको वायुको एक्यूआई एअर क्वालिटी इन्डेस्क ३०७ रहेको छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ। डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ।
यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ । गएको बुधबार बेलुका काठमाडौँ उपत्यकासहित क्षेत्रमा पानी परेपछि वायु प्रदूषण केही कम भएको थियो। तर त्यसपछि पानी पर्ने क्रम रोकिएको र देशभर डढेलो बढ्दो क्रममा हुँदा वायु प्रदूषण फेरि उच्च विन्दूमा पुगेको हो। हिउँदमा निकै कम वर्षा हुँदा धुलोका कण जम्मा भएर प्रदूषित काठमाडौँसहितका विभिन्न क्षेत्रको वायुमा डढेलोको धुवाँ मिसिँदा गएको हप्ता अवस्था अति नाजुक भएको थियो।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
