देशव्यापी लकडाउन हुँदैनः मन्त्री ज्ञवाली
काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल देशव्यापी लकडाउन नहुने प्रष्ट पारेका छन्। बालुवाटारमा आइतबार बिहान बसेको नेकपा एमालेको बैठकपछि सञ्चारकर्मीहरुमाँझ मन्त्री ज्ञवालीले तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको प्रष्ट पारे।
उनले भने, ‘देशव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौँ, केही ‘हटस्पट’ मा भने स्थानीय तवरबाटै लकडाउनको निर्णय हुन सक्छ।’ एमालेको केन्द्रीय समिति बैठकले कोरोना संक्रमण रोकथामका लागि सिंगो पार्टीपंक्तिलाई परिचालन गर्ने निर्णय गरेको पनि ज्ञवालीले जानकारी दिए।
उनले अस्पतालहरुमा अक्सिजन अभाव हुन सक्ने सम्भावना रहेकोले अक्सिजन प्लान्टहरुलाई पूर्ण क्षमतामा चलाउन, खोप अभियानलाई बिस्तार गर्न आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको बताए। विदेशबाट आउनेहरुलाई क्वारेन्टिनम राख्न स्थानीय तहहरुसँग पहल गरिने उनले बताए। ‘सिंगो पार्टी पंक्तिलाई कोरोना रोकथाममा खटाउन निर्देशन दिने निर्णय भएको छ’, ज्ञवालीले भने।
उनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको सम्बनधमा पनि बैठकमा छलफल भएको बताए। ‘अविश्वास प्रस्तावको तयारी भइरहेको छ भन्ने सूचनाबारे हामीले आवश्यक जानकारी लिएका छौँ, त्यसबारे सचेत छौँ’, उनले भने।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
