मन्त्रिपरिषद बैठक साँझ बस्दै, विद्यालयलगायतका परीक्षा स्थगितको निर्णय आउनसक्ने
कोरोना भाइरसको रोकथामका लागि सरकारले कडा निर्णय लिने भएको छ । आज साँझ ५ बजेका लागि बस्ने मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामका लागि थप निर्णय लिने तयारी गरेको हो ।
आजको बैठकमा कोभिड-१९ व्यवस्थापन केन्द्र सीसीएमसी को बैठकले देशभरका परीक्षाहरु स्थगित गर्ने निर्णयबारे छलफल गरी टुंगोमा पुग्नेछ । विद्यालय स्तरका बालबालिकामा कोभिड-१९ को जोखिम बढेपछि सरकारले परीक्षा स्थगितको निर्णय लिन लागेको हो । यसबाट एसईई, दश जोड दुई र विश्वविद्यालयहरुका परीक्षा प्रभावित हुनेछन् ।
यसैगरी, अक्सिजनको अभावलाई दृष्टिगत गरी सरकारले सिलिन्डर आयात गर्न भन्सार छुट दिने निर्णय गर्ने तयारी समेत गरेको छ । कम्तिमा २० हजार अक्सिजन सिलिन्डर आयात गर्ने तयारी भएको छ ।
सीमा नाकामा कडाईबारे समेत सरकारले निर्णय लिने तयारी गरिसकेको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले थप कडा निर्णयहरु लिनेगरी सतर्कता देखाएको छ
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
