असार ९ देखि दुबई–काठमाण्डौ उडान, टिकट मूल्य कति ?
काठमाडौँ | नेपाल एयरलाइन्सले आगामी जुन २३ देखि दुबई–काठमाण्डौको एकतर्फी उडान सुरु गर्दै छ । नेपाल सरकारले कोरोना महामारीको कारण यूएईमा रोकिएका श्रमिकलाई उद्दार गर्ने उदेश्यले उडान भर्न लागेको हो ।
युएई उडान सम्बन्धमा वैदेशिक रोजगारको लागि रोकिएका तथा भिजिट भिसामा जानको लागि पर्खाईमा रहेकाहरुले भने युएईका उडानमा युएई जान सक्दैनन् । नेपालमा कोरोना महामारी बढेको कारण युएई सरकारले नेपाललाई युएई जान रोकेको कारण नेपालीहरु युएई जान नपाउने भएका हुन् ।
नेपाल एयरलाइन्सका अनुसार युएईबाट हुने उद्दार उडान असार ९ गते र असार १६ गतेको लागि तय भएको छ । उडान एकातर्फी भएकाले युएईबाट नेपाल आउनेहरुले महँगो टिकट काट्नुपर्ने भएको छ । युएईबाट नेपाल आउनको लागि टिकट मूल्य करिव ५० हजारको हाराहारीमा छ । युएईबाट हुने उडान नियमित उडान नै हो तर एकतर्फी मात्रै यात्रु ल्याउन पाउने भएकाले भाडा दर महँगो भएको एयरलाइन्सले जनाएको छ । युएईका ट्राभल एजेन्सीहरुले नेपाल आउनको लागि टिकट मूल्य १५०० दिराम देखि १८०० सम्म लिएको जानकारी प्राप्त भएको छ ।
युएईबाट करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरूले यी उडानबाट स्वदेश फिर्ता हुन सक्नेछन् । जसको लागि टिकट बुकिङ समेत खुलिसकेको छ । यसअघि नेपाल सरकारले युएई सहित मलेसिया, साउदी उडान गर्ने निर्णय गरिसकेको छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति