भोलि जयनगर-जनकपुर रेल्वे ट्रयाकमा स्पिड परीक्षण गरिने
सरकारले रेल खरिद गरेर ल्याएको १० महिनापछि भोलि रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने तयारी थालिएको छ । जयनगर (भारत)-जनकपुर-कुर्था रेल्वे ट्रयाकमा आइतवार भारतको इस्ट-सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए ।
उनका अनुसार परीक्षणको क्रममा रेलको स्पिड १२० किलोमिटर प्रतिघण्टा हुनेछ । उनले सामाजिक सञ्जालमार्फत स्पिड परीक्षण गर्नुपर्ने भन्दै आइतवार रेल्वे ट्रयाक खाली गर्न सर्वसधारणसँग अनुरोध गरेका छन् । रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न आग्रह गरेका छन् । ट्रयाक आसपासका बस्तीमा माइकिङ समेत गराएको छ । सूचनाको अवज्ञा गर्दा कुनै दुर्घटना भएमा ब्यक्ति स्वयं जिम्मेबार हुने र कानून अनुसार कारबाही समेत गरिने चेतावनी उनको छ ।
सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको दुईसेट रेल गतवर्षको असोज २ गते ल्याइसकेको छ । तर कर्मचारी व्यवस्थापन, कानून अभाव र भारतसँग सम्झौतामा ढिलाई लगायतका कारणले हालसम्म रेल सञ्चालनमा आउन सकेका छैन । सशस्त्र प्रहरीको टोली परिचालन गरेर १० महिनादेखि इनरवा स्टेशनमा रेल थन्काएर राखिएको छ ।
सरकारले पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखेको थियो । तर, जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर मात्र रेल ट्रयाक निर्माण भएको छ । कुर्थादेखि बर्दिवाससम्म रेल्वे ट्रयाक निर्माणाधिन अवस्थामा छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
