वर्ल्डलिङ्कले ट्राफिक प्रहरीलाई दियो विद्युतीय स्कुटर
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उपहारस्वरूप इलेक्ट्रिक स्कुटर दिएको हो । बुधबार कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई उक्त स्कुटर हस्तान्तरण गरेका हुन् ।
यसबाट ट्राफिक प्रहरीको काममा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । ‘हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत नै ट्राफिक प्रहरीलाई इन्टरनेट सेवा समेत दिँदै आएका छौँ,’ उनले भने, ‘त्यसैअन्तर्गत कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामग्री समेत उपलब्ध गराएका थियौँ । ट्राफिक प्रहरीलाई यस अघिदेखि उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा समेत जारी रहनेछ ।’
ट्राफिक प्रहरीले महिला तथा अपाङ्ग आरक्षण सिटको प्रयोग र भाडा चेक जाँचका लागि उक्त स्कुटर प्रयोगमा ल्याउनेछ ट्राफिक प्रहरीको आवश्यकतालाई मध्यनजर गर्दै वर्ल्डलिङ्कले यस किसिमको सहयोग उपलब्ध गराएको हो । ट्राफिक साइरन जडित यो जापानिज स्कुटर एक पटकको चार्जमा १०० किलोमिटरसम्म गुड्न सक्छ । ट्राफिक महिलालाई मोटरसाइकल चलाउन गाह्रो हुनेगरेको अवस्थामा यो विद्युतीय स्कुटरले सहज हुने अपेक्षा गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले वर्ल्डलिङ्कबाट प्राप्त विद्युतीय स्कुटर महिला प्रहरीले प्रयोग गर्ने बताए । ‘वर्ल्डलिङ्कले उपलब्ध गराएको फ्री वाई-ईले ट्राफिक सचेतना कक्षाका साथै सेवाग्राहीलाई महत्वपूर्ण सहयोग पुगेको छ,’ उनले भने ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी

