एक सांसदको छुरा प्रहार गरी हत्या
बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ । छुरा प्रहार गरेर उहाँको हत्या गरिएको समाचारमा जनाइएको छ । यस हत्याको घटनालाई प्रहरीले आतंककारी हमला भनेको छ । सांसद डेभिडको उहाँको आफ्नै निर्वाचन क्षेत्रको एक चर्चमा हत्या भएको हो ।
हाँको निर्वाचन क्षेत्र एसेक्सस्थित एक चर्चमा मतदाताहरूसँगको भेटघाटका क्रममा छुरा प्रहार गरिएको थियो । त्यस हत्याको आरोपमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ ।त्यस स्थलबाट प्रहरीले चक्कु भेटेको जनाएको छ । प्रहरीले यस हत्यामा संलग्नलाई पक्राउ गरिएको जनाएको छ र अनुसन्धान जारी रहेको बताएको छ ।
यस हत्याको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले टोलीले यसमा आतंकवादीको हात रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले एक राम्रा राजनीतिज्ञ गुमाउनु परेको भन्दै त्यस दुःखद निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।
सांसद डेभिड ६९ वर्षका हुनुहुन्थ्यो । उहाँ सन् १९८३ देखि सांसद रहनुभएको थियो । सांसद डेभिड आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेटघाट कार्यक्रममा रहेका बेला हत्या भएको बताइएको छ
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
