प्रहरीको रासन भत्ता वृद्धि हुँदै, अब कसले कति पाउँछन् ?
ठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशन भत्ता वृद्धि हुने भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्न भएको हो । आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाडले रासन भत्ता वृद्धिसम्बन्धी फाइल स्वीकृत गरेका गृह मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गृह मन्त्रालयले गरेको हो । बजेटमा व्यवस्था गरिएअनुसार कार्यान्वयनमा लगिने छ ।
मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन १ गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउने छन् । सरकारले जिल्लाको दररेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम निर्धारण गर्दै आएको छ । नेपाल प्रहरीको सङ्ख्या ७३ हजार छ भने सशस्त्र प्रहरीको सङ्ख्या करिब ३५ हजार रहेको छ ।
एउटा सिपाहीले कम्तीमा चार हजार रुपियाँदेखि बढीमा १२ हजार रुपियाँसम्म रासन भत्ता पाउँदै आएका छन् । अब १५ प्रतिशत थप हुनेछ । काठमाडौँमा कम्तीमा चार हजार रासन भत्ता छ भने दुर्गम तथा हिमाली जिल्लाहरूमा बढीमा १५ हजार रुपियाँसम्म रासन भत्ता दिइन्छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
