• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ साउन २०८३, सोमबार
०४ साउन २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु
  • ६ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • ६ घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • ८ घण्टा 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • ९ घण्टा 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • ९ घण्टा 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • १० घण्टा 

घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
  • १ दिन 

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
  • १ दिन 

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • २. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ३. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • ४. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

  • ५. हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

  • ६. गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय

  • ७. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • ८. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • ९. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • १०. सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

“ओलीको प्रधानमन्त्री प्रस्ताव प्रचण्डलाई गएको हुन सक्छ, माधव नेपाललाई गएको छैन”

admin २०७९, जेष्ठ, २३

काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद सोमप्रसाद पाण्डेले पार्टीको आन्तरिक समझदारी अनुसार नै मन्त्री फेरिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भने, “६ महिना बितिसकेपछि मन्त्री बनाउने पूर्वसमझदारी भएका नेताहरुले प्रश्न उठाइरहनुभएको थियो । त्यसअनुसार बजेट अगाडि नै फेर्ने कुरा भएको थियो । यसबारे आंशिक रुपमा आन्तरिक छलफल नभएको होइन । पूर्वसमझदारी अनुसार मन्त्री हेरफेर भएको हो । यसमा मन्त्री साथीहरुले असन्तुष्टि, असहमति र आक्रोश जनाउनुपर्ने आवश्यकता छैन । उहाँहरु नै बेलाबखत ‘६ महिनालाई मन्त्री भैयो’ भनेर रमाइलो गर्नुहुन्थ्यो ।”

मन्त्रीहरुलाई राम्रो काम गर्न नसकेर कारबाही नभएको पनि पाण्डेले दाबी गरे । उनले भने, “यसमा कसैलाई भ्रम नहोस् । हामी स्पष्ट छौं । माधव नेपालले पार्टीका मन्त्रीहरुको कामको प्रशंसा गर्नुभएको थियो । माधव नेपालले सचिवालयबाहिरबाट एक्लो निर्णय गर्नुभएको पनि होइन । सचिवालय सदस्य नभए पनि मैले उहाँ निकट रहेर काम गरेको छु । उहाँ महासचिव हुँदा पनि काम गरेको हुँ । कतिसम्म भने बल्खुमा रिसेप्सेनिस्ट चन्द्र पासवानलाई नियुक्त गर्दा पनि स्थायी कमिटीबाट निर्णय गराउनुभएको थियो ।”
नेकपा (एकीकृत समाजवादी)ले दुई जना गैरसांसदलाई मन्त्री बनाएको पनि उनले स्वीकारे । पाण्डेले भने, “गैर सांसदलाई मन्त्री बनाउने व्यवस्था संविधानमै छ । यसअघि गोविन्द बन्दी कानुनमन्त्री हुनुभयो । अहिले मन्त्री हुन लाग्नुभएको शेरबहादुर कुँवर पनि गैरसांसद हो । उहाँको राष्ट्रिय सभाको पदावधि असोजमासकिएको हो । संवैधानिक व्यवस्था अनुसार ६ महिनाभित्र उहाँहरु सांसद बन्नुपर्छ ।”

पाँच दलीय गठबन्धन तोड्नका निम्ति नेताहरुलाई प्रधानमन्त्री प्रस्ताव गरिएको हुन सक्ने उनले औंल्याए । पाण्डेले थपे, “पाँच दलीय गठबन्धन तोड्नका लागि आश्वासनका पोका फ्याँकिएका हुन सक्छन् । तर, वाम गठबन्धनको परिस्थिति निर्माण अहिलेसम्म भएको छैन । मलाई लाग्छ, संघीय निर्वाचनसम्म यो गठबन्धन टुट्दैन । अन्य पार्टीतिर जान लागेका एमालेका कतिपय नेता कार्यकर्ता विचलित हुन्छन् भनेर हल्ला चलाएको पनि हुन सक्छ । ईश्वर र शंकर पोखरेलले माधव नेपाल र प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरे भनिएको छ । प्रचण्डलाई गएको हुन सक्छ, माधव नेपाललाई गएको छैन । म यो दाबीसाथ भन्न सक्छु ।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

ताजा

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.