बर्दियामा गोली प्रहारबाट मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन
जानकारी केन्द्र
२०७९, जेष्ठ, २४
२४ जेठ २०७९, काठमाडौंः सरकारले बर्दियाको मधुवन नगरपालिका–२ मा सोमबार प्रहरीको गोली लाग्दा भएको मृत्यु घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा गठित समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक ९एसपी० कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले समितिलाई सात दिनमा घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको मंगलबारको संसद् बैठकमा जानकारी गराए । उनले प्रहरीलाई गोली प्रहार गर्न आदेश नदिइएको पनि स्पष्ट पारेका छन् । सांसदहरूले थारुको हत्याबारे संसद्मा गृहमन्त्रीको जवाफ मागेका थिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
