इटालीको हेलिकोप्टर दुर्घटनामा ७ जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, जेष्ठ, २९
जानकारी केन्द्र । शनिबार भएको इटालीको हेलिकोप्टर दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
विहानै एयर ट्राफिकबाट हराएको उक्त हेलिकोप्टरलाई दिनभरी खोजी गरिएको थियो । साँझ मात्र फेला परेको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा रहेको उद्धारकर्मीले बताए । दुर्घटनमा १ इटालियन पाइलट, ४ टर्कीका नागरिक र २ लेबनानका नागरिकले ज्यान गुमाएका हुन् ।
हेलिकोप्टर मध्य इटालियन क्षेत्रमा पर्ने एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो हुँदै उडेको जनाइएको छ । सोही पहाडको नजिक पुगेर हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
यसैगरी, प्रारम्भिक अनुसन्धानका अनुसार मौसमको खराबीका कारण हेलिकोप्टर दुर्घटनामा परेको हो । उक्त घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
