कोटेश्वरमा सवारी दुर्घटनाः ठक्करबाट एक युवतीको मृत्यु
जानकारी केन्द्र
२०७९, जेष्ठ, ३०
जानकारी केन्द्र । कोटेश्वरमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि एक युवतीको मृत्यु भएको जनाइएको छ ।
आइतबार राति काठमाडौंको काँडाघारी बस्ने ३४ वर्षीय सम्झना राईले दुर्घटनामा ज्यान गुमाएकी हुन् । त्यस्तै, उनीको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका(५ रहेको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकललाई ठक्कर दिएपछि राई सख्त घाइते भएकी थिइन् । प्रहरीले महाराजगंजको त्रिवि शिक्षण अस्पतालमा उनको उपचारकै क्रममा राति मृत्यु भएको जनाएको छ ।
रातको पौने १० बजे कोटेश्वरदेखि जडीबुटी जाने क्रममा ना५ख २८१९ नम्बरको मिनी ट्रकले जडीबुटीतिरै गइरहेको बा७१प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । उक्त मिनी ट्रकका चालक हाल प्रहरी प्रभाग कोटेश्वरको नियन्त्रणमा छन् ।
सम्बन्धित समाचार
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

