जानकारी केन्द्र । सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली काठमाडौंको बुद्धनगरबाट पक्राउ परेकी हुन् ।
प्रहरीले ४५ वर्षीया अनुराधालाई गत जेठ २८ गते ठगी र अपराधिक विश्वासघात मुद्दाको आरोपमा पक्राउ गरेको हो । उनलाई सप्तरी पठाइसकेको जनाइएको छ ।
बुवा रामदेवसँग साँठगाँठ गरेर उनले विभिन्न व्यक्तिहरुको मिटरब्याजमा पैसा लिई त्यसबापत धेरै रकम लिने गरेको उजुरी छ । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि रामदेवलाई कारवाही गर्न समेत सम्बन्धित निकायलाई आदेश दिएका थिए ।





