प्रधानमन्त्रीको अमेरिका भ्रमणका बेला कार्यक्रममा सहभागी हुने तर कुनै सम्झौता नगर्ने सहमति
५ असार २०७९, काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बेला कुनै सम्झौता नगर्ने गठबन्धनमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धन दलका नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाको हुन लागेको अमेरिका भ्रमणको बेला कार्यक्रममा सहभागी हुने तर कुनै समझदारी नगर्ने सहमति भएको हो ।
अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिएको छ ।प्रधानमन्त्रीले यो सुझावलाई पालना नगरी भ्रमणमा जाने निर्णय गठबन्धनबाट अनुमोदन गराएका हुन् । त्यस्तै भ्रमणबारे जानकारी लिन आज प्रतिनिधि सभा अन्तरगत अन्तराष्ट्रिय सम्बन्ध समितिले आज भ्रमणबारे जानकारी लिन बोलाएकोमा प्रधानमन्त्री देउवा सहभागी भएनन् । सम्बन्ध समितिमा नगएका देउवाले बालुवाटारमा गठबन्धन दलको बैठक बोलाएका हुन् ।
हिजो (शनिबार) पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
