प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणबारेमा जवाफ दिने
जानकारी केन्द्र
२०७९, असार, ५
५ असार २०७९, काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणको बारेमा जवाफ दिने भएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा देउवाले जवाफ दिने भएका हुन्। बैठक आज बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ।बैठकमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको बारेमा छलफल हुन बताइएको छ।
शुक्रबार समितिले प्रधानसेनापति प्रभुराम शर्मा र परराष्ट्रमन्त्री नारायण ढकाललाई बोलाई अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपिपी)बारेमा छलफल गरेको थियो। देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपीमा सम्झौता गर्ने चर्चा चलेसँगै समितिले देउवासँग जवाफ माग्न लागेको हो।पछिल्लो समय एसपिपी पेचिलो विषय बन्दै गइरहेको छ। गठबन्धनका शीर्ष नेताहरू भने एसपिपीमा देउवाले सम्झौता नगर्ने आश्वासन दिइसकेको बताउँदै आएका छन्।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
