काठमाडौं अदालतबाट फरार व्यक्तिलाई तीन घन्टापछि पक्रियो प्रहरीले
जानकारी केन्द्र
२०७९, असार, ६
६ असार २०७९, काठमाडौँ : जिल्ला अदालत काठमाडौंबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले तीन घन्टापछि नियन्त्रणमा लिएको छ। जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लैजाँदै गर्दा आइतबार सप्तरीको कचन गाउँपालिका घर भई तिलगङ्गा बस्दै आएका अनिल ठाकुर फरार भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालत लैजाँदा फरार भएका ठाकुरलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको बताए। तीन घन्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट ठाकुरलाई पक्राउ गरिएको हो। काठमाडौं प्रहरीले ललितपुर र भक्तपुर प्रहरीको समन्वयमा उनको खोजी गरिरहेको थियो।
सम्बन्धित समाचार
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

