काठमाडौं अदालतबाट फरार व्यक्तिलाई तीन घन्टापछि पक्रियो प्रहरीले
जानकारी केन्द्र
२०७९, असार, ६
६ असार २०७९, काठमाडौँ : जिल्ला अदालत काठमाडौंबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले तीन घन्टापछि नियन्त्रणमा लिएको छ। जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लैजाँदै गर्दा आइतबार सप्तरीको कचन गाउँपालिका घर भई तिलगङ्गा बस्दै आएका अनिल ठाकुर फरार भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालत लैजाँदा फरार भएका ठाकुरलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको बताए। तीन घन्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट ठाकुरलाई पक्राउ गरिएको हो। काठमाडौं प्रहरीले ललितपुर र भक्तपुर प्रहरीको समन्वयमा उनको खोजी गरिरहेको थियो।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
